Madhav Kumar Nepal

घरेलु उद्योग महासंघको अधिवेशन उदघाटन

यस समारोहका सभापति महोदय, उद्यमी-व्यावसायी मित्रहरु उपस्थित भद्र महिला तथा सज्जनबृन्द सर्वप्रथम सबैलाई हार्दिक अभिवादन । नेपालमा छरिएर रहेका घरेलु तथा साना उद्यमीहरुको छाता सङ्ग न नेपाल घरेलु तथा साना उद्योग महासङ्घका देशभरिका प्रतिनिधिहरु सहभागी यस अ ारौँ राष्ट्रिय महाधिवेशनमा तपाईहरुवीच उपस्थितभइ ंसरकार र मेरा धारणाहरु प्रस्तुत गर्ने मौका मिलेकोमा मलाइ अत्यन्त खुसी लागेको छ । स-सानो पुँजी प्रविधि र सीपको प्रयोग गरी उद्योग-व्यवसाय चलाइरहेका हजारौँ उद्यमीहरुलाई सङ्ग ित गरी व्यावसायिक हित प्रबद्र्धनका लागि तपाईंहरुले साचालन गरेको अभियान सराहनीय छ । यस संस्थालाई आजको दिनसम्म ल्याइपुर् याउन पक्कै पनि सजिलो थिएन भन्ने मलाई थाहा छ । यस कार्यमा जो जति उद्यमी-व्यावसायीहरुले योगदानपुर् याउनु भएको छ उहाँहरु सबै धन्यवादका पात्र हुनुहुन्छ । आगामी दिनमा लघु घरेलु तथा साना उद्यमीहरुको समस्या पहिचान गरी यस क्षेत्रको प्रबद्र्धन र विकासका लागि ोस कार्ययोजनाका साथ अघि बढ्न यो महाधिवेशन सफल होस् भन्ने शुभकामना दिन चाहन्छु । नेपालजस्तो भौगोलिक बनोट र आर्थिक-सामाजिक अवस्था भएको मुलुकका लाखौँ ग्रामीण जनताका साथै सहरमा बस्ने गरिब र न्यून आय भएका जनताको जीवनस्तर माथि उ ाउने एउटै सशक्त माध्यम लघु घरेलु तथा साना उद्यगको प्रबद्र्धन र विकास हो भन्ने कुरामा मलाई कुनै द्विविधा छैन । त्यसैले यस क्षेत्रको प्रबद्र्धनका लागि उपयुक्त नीतिगत व्यवस्था गर्न र प्रबद्र्धनात्मक कार्यक्रमहरुलाई प्राथमिकता दिन सरकारले सम्भव सबै उपायहरु अवलम्बन गर्नेछ भन्ने विश्वास तपाईंहरुलाई दिलाउन चाहन्छु । यस क्षेत्रको विकासका लागि सीप तथा उद्यमशीलता तालिमको व्यवस्था पहिलो शर्त हो भन्ने मलाई लाग्छ । साथै उत्पादनका साधनमाथि न्यून आय हुने जनताको पहुँच सुलभ आपूर्ति तथा उत्पादित वस्तुको बजार पहुँचबाट मात्र यस क्षेत्रलाई राम्ररी प्रबद्र्धन गर्न सकिन्छ । यी सबै कुराको समुचित प्रबन्धका लागि सरकार र निजी क्षेत्र दुवैले हातेमालो गर्नुपर्छ । यिनीहरुका बीचमा सहयोगात्मक परिपुरक र समन्वयात्मक सम्बन्ध हुनुपर्छ । निजी क्षेत्रको प्रबद्र्धनका लागि आवश्यक नीतिगत व्यवस्थाहरु गर्न कार्यन्वयन र अनुगमनको व्यवस्थालाई प्रभावकारी बनाउन र यस कार्यमा निजी क्षेत्रको सहभागिता बढाउन मेरो पूरा प्रयत्न रहने विश्वास दिलाउन चाहन्छु । तपाईंहरुका उत्पादनहरु गुणस्तरीय हुनुपर्छ । उत्पादनहरु गुणस्तरीय हुन नसकेमा प्रतिष्पर्धा गर्न गाह्रो हुन्छ । त्यसो भएमा अहिलेको प्रतिष्पर्धात्मक युगमा तपाईंहरुले चाहेर पनि केही गर्न सक्नुहुन्न न त सरकारले गरेको भरथेगबाट नै टिक्न सकिन्छ । बजारमा उपभोक्ताहरुका लागि अहिले छनोटका प्रशस्तै अवसरहरु छन् भन्ने कुरा तपाईंहरुले सदासर्वदा ध्यानमा राख्नुपर्छ । किनभने उपभोक्ताहरुको मन जितेर मात्र कुनै पनि व्यवसायलाई प्रतिष्पर्धी बनाउन र टिकाउन सकिन्छ । तपाईंहरुलाई थाहा छ- हामी विश्वका दुई ूला अर्थतन्त्रहरुको बीचमा छौँ । तर हाम्रो उत्पादन प्रणाली पछौटे छ । औद्योगिक सम्बन्ध परम्परागत छ । आधुनिक व्यवस्थापकीय कौशलको अभाव छ । उत्पादकत्व न्यून छ । यी समस्याबाट हाम्रो अर्थतन्त्र ग्रस्त छ । यस्तो अवस्थामा तपाईंहरुले ूला र बहुराष्ट्रिय निगमहरुका बजार प्रबद्र्धनका आक्रमक तरिकाहरुसँग प्रतिष्पर्धा गरिरहनुपरेको छ । यस्तो अवस्थामा तपाईंहरुले स्वाभाविक रुपमा प्रतिष्पर्धा गर्न सक्नुहुन्न भन्ने मैले बुझेको छु । त्यसैले ूला र बहुराष्ट्रिय निगमका उत्पादनको अग्र र पृष् सम्बन्धलाई साना व्यावसायसँग जोडी त्यस्तो उत्पादन प्रणाली प्रबद्र्धन गर्न सकेमा तपाईंहरुको स्थायित्व र विकासमा टेवा पुग्छ भन्ने मलाई लाग्छ । साथै यसका लागि पुँजी प्रविधि गुणस्तर प्रमाणीकरण बजार विस्तार जस्ता विषयमा ध्यान दिन जरुरी छ । यसो गर्न सकेमा नेपालमा लघु घरेलु तथा साना उद्योगको विकासको प्रशस्त सम्भावना छ भन्ने मेरो बुझाइ छ । सरकारले लघु घरेलु तथा साना उद्योगसम्बन्धी नीतिलाई यसै दिशामा केन्द्रित गर्नेछ । यस कार्यक्रममा महिला सहभागिता उत्साहप्रद छ महिलाहरु किफायती हुने र राम्रो बुझेर लगानी गर्ने भएकोले लगानी दीगो हुने तथा उत्पादन प्रतिष्पर्धी हुने हुँदा सरकारले तपाईंहरुलाई सहयोग गर्नुपर्ने देखेको छु । बिगत सरकारका पालामा तयार भएको नीति मस्यौदालाइ स्वीकृतिको प्रकि्रयामा लैजाने विश्वास दिलाउँछु । अहिले देश जटिल अवस्थाबाट गुजि्ररहेको कुरामा तपाईंहरु जानकार नै हुनुहुन्छ । सरकारका अहिले मुख्य दुइटा प्राथमिकताहरु छन् ः पहिलो शान्ति प्रकि्रयालाई सार्थक निष्कर्षमा पुर् याउनु र दोस्रो निर्धारित समयभित्र नयाँ संविधान निर्माण गर्नु । यसका साथसाथै जनजीविकाका सवालहरुलाई पनि त्यत्तिकै महत्वका साथ सम्बोधन गर्नुपर्छ भन्ने मेरो मान्यता छ । अहिले सरकारले यही मान्यताका साथ आफूलाई अघि बढाइरहेको छ । सहमति र सहकार्यका आधारमा यी लक्ष्यहरु प्राप्त गर्न हामी सक्षम हुनेछौँ भन्नेमा म पूर्ण विश्वस्त छ । यस कार्यमा आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर् याउन म देशभरिका तपाईं सम्पूर्ण उद्यमी-व्यावसायी मित्रहरुलाई अपिल गर्दछु । अन्तमा यस महाधिवेशनको पूर्ण सफलताको कामना गर्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु । धन्यवाद । २४ जे २०६६ प्रधानमन्त्री माधवकुमार नेपालद्वारा नेपाल घरेलु तथा साना उद्योग महासङ्घको अ ारौँ महाधिवेशनमा व्यक्त मन्तव्य
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्