Madhav Kumar Nepal

संसदमा सम्बोधन

सम्माननीय सभामुख महोदय ऐतिहासिक सङ्घर्ष र बलिदानको परिणाम स्वरुप नेपाली जनताबाट निर्वाचित यस सार्वभौमसत्ता सम्पन्न व्यवस्थापिका-संसद् समक्ष आफ्ना कुराहरु राख्न पाउँदा मैले गौरव अनुभूति गरिरहेको छु । यस अवसरमा म नेपालको लोकतान्त्रिक आन्दोलनमा जीवन अर्पण गर्नुहुने आदरणीय शहीदहरुप्रति हार्दिक सम्मान प्रकट गर्दछु । साथै लोकतन्त्रको लडाइँमा घाइते हुनुभएका योद्धाहरुप्रति सहानुभूति प्रकट गर्दछु । सभामुख महोदय आज म सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीका हैसियतले पहिलो पटक यस सदनसमक्ष उभिएको छु । सबभन्दा पहिला मलाई विश्वास गरेर यस सम्मानीत सदनले निर्विरोध रुपमा प्रधानमन्त्रीमा निर्वाचित गरेकोमा म हार्दिक कृतज्ञता तथा आभार प्रकट गर्दछु । सार्वभौम जनताका प्रतिनिधिहरुले लोकतान्त्रिक विधिमार्फत सहज रुपमा मलाई जुन विश्वासका साथ प्रधानमन्त्री निर्वाचित गर्नुभएको छ त्यसका लागि म सभामुख महोदयमार्फत सम्पूर्ण राजनीतिक दल र माननीय सभासद् मित्रहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । एउटा विशिष्ट परिस्थितिमा नयाँ सरकार ग न भएको छ । मुलुकमा उत्पन्न असहज परिस्थितिलाई सहजतामा परिणत गर्न र शान्ति प्रकि्रयालाई सार्थक निष्कर्षमा पुर् याएर नयाँ संविधान निर्माण गर्न यो सरकार ग न भएको हो । नेपाली राजनीतिमा विद्यमान विकल्पहरुमध्ये यो नै लोकतान्त्रिक र स्वाभाविक विकल्प हो भन्ने कुरा प्रस्ट छ । यसर्थ विगतमा उत्पन्न आवेग र कटुतालाई वस्तुगत धरातलमा उभिएर समीक्षा गर्दै सहज मानसिकताका साथ अघि बढ्न म सबैलाई हार्दिक अपिल गर्दछु । लोकतन्त्रमा विधिसम्मत तरिकाले नागरिक सर्वोच्चताको अभ्यास गर्ने थलो संसद् नै हो । यही मान्यतामा उभिएर हामीले यही संसद्बाट नयाँ सरकार निर्माण गरेका छौँ । यदि ६ सय १ सदस्यमध्ये ३ सय ५९ जना संसद् सदस्यहरुको विश्वास र समर्थन जितेर यही संसद्बाट निर्वाचित प्रधानमन्त्रीलाई ुरिमोट कन्ट्रोलु बाट साचालित भन्ने हो भने २ सय ३८ जनाको नेतालाई केबाट साचालित भन्ने म पनि माचमा जाँदा बढी बोलूँला कि भन्ने डर लाग्छ । किनभने बोल्दै जाँदा रगत तातिँदै जान्छ । तर म संयममित हुन चाहन्छु । सत्ता छोड्दाको पीडा कस्तो हुन्छ भन्ने मलाई थाहा छ । अहिले त्यही अभिव्यक्त भइरहेको छ भन्ने मैले बुझे्को छु । विकसित घटनाक्रमहरुलाई हेर्ने बुझ्ने र ग्रहण गर्ने सबै राजनीतिक दलहरुका आ-आफ्ना दृष्टिकोणहरु हुन सक्छन् । त्यसलाई स्वाभाविक रुपमा लिनुपर्छ । हामीबीच उत्पन्न असहमति असहजता र कटुतालाई हामी यही संसद्मा बसेर सहमति सहजता र हार्दिकतामा परिणत गर्न र निकास खोज्न सक्छौँ । यही मान्यतालाई आत्मसात गरी चल्न सक्यौँ भने हामीले प्रत्येक जटिलतालाई समाधान गर्न सक्नेछौँ भन्ने मेरो दृढ विश्वास छ । सभामुख महोदय हामी राजनीतिकर्मी र राजनीतिक दलका लागि सत्ता र प्रतिपक्षको भूमिका एकै सिक्काका दुइटा पाटा हुन् । हामी कहिले सत्तामा हुन्छौँ कहिले विपक्षमा । समय र परिस्थिति अनुसार हाम्रो भूमिका फरक हुन्छ । तर सङ्क्रमणको जटिल अवस्थाबाट गुजि्ररहेको मुलुकले हाम्रो एकताबद्ध र साझा भूमिका खोजेको छ । हिजो हामीले जसरी मिलेर लोकतन्त्र ल्यायौँ मिलेर राजतन्त्र समाप्त गर् यौँ र मिलेरै शान्ति प्रकि्रया सुरु गर् यौँ त्यसरी नै आज मिलेरै शान्ति प्रकि्रयालाई सार्थक निष्कर्षमा पुर् याउनुछ मिलेरै नयाँ संविधान निर्माण गर्नुछ । यही जिम्मेवारीबोधका साथ आफ्नो हृदय फराकिलो बनाउन म सबै राजनीतिक दलहरुलाई आह्वान गर्दछु । नेपाली जनताले हामीबाट धेरै आशा-अपेक्षा गरेका छन् । हामीले लोकतन्त्र स्थापना गर्दा र सामन्ती राजतन्त्र उन्मूलन गर्दा जनताका सामु केही बाचाहरु गरेका थियौँ । हामीले मुलुकलाई सामन्ती अवशेषहरुबाट मुक्त गर्दै पूर्ण लोकतान्त्रिक बनाउनुछ केन्द्रीकृत संरचनाबाट सङ्घीयतामा लैजानुछ । आमजनताले अनुभूति गर्नसक्ने गरी राज्यको स्वरुप र संरचनालाई जनमुखी बनाउनुछ । मुलुकको स्वाधीनता राष्ट्रिय अखण्डता र स्वाभिमानलाई सुदृढ पार्नुछ । गरिब विपन्न र सीमान्तकृत समुदाय वर्ग र जनताप्रति हाम्रो विशेष दायित्व छ । उनीहरुलाई हामीले राष्ट्रिय मूलप्रवाहमा समावेश गर्न ढिलो भइसकेको छ । अब छिटोभन्दा छिटो कसरी राज्यका विभिन्न अङ्गमा उनीहरुको पहुँच बढाउने उनीहरुलाई उनी सक्षम बनाउने यस विषयमा हाम्रो ध्यान जानुपर्छ । समाजमा व्याप्त अन्याय अत्याचार र शोषणले जनतामा निराशा उत्पन्न गराएको छ । थिचिएका-पि_िल्सएका जनतालाई हामीले न्याय र समानताको अनुभूति दिलाउनु अहिलेको आवश्यकता हो । यदि उनीहरुको मनोबल उ ाउन सकेनौँ भने हामीले विश्वास पनि जित्न सक्दैनौँ । सभामुख महोदय हामीले विगतमा द्वन्द्वको चरम पीडा भोग्यौँ । त्यस कहालीलाग्दो अवस्थामा हजारौँ नागरिकले ज्यान गुमाउनुपर् यो भने थुप्रैले अङ्गभङ्ग भएको अवस्थामा बाँच्नु परिरहेको छ । त्यसबेलाका वेपत्ता नागरिकहरुको अवस्था अझै अज्ञात छ । त्यति मात्र होइन द्वन्द्वका कारण मानिसहरुले सम्पत्ति गुमाउनुपर् यो घरबारविहीन हुनुपर् यो आफ्नो गाउँ- ाउँबाट विस्थापित हुन बाध्य हुनुपर् यो । यी सबै अकल्पनीय पीडाहरुको सामना गर्दै हामीले शान्ति प्रकि्रया आरम्भ गरेका थियौँ । तर त्यसलाई सार्थक निष्कर्षमा पुर् याउन अझै बाँकी छ । एकीकृत नेकपा माओवादी का लडाकु र उनीहरुका हतियार अहिले पनि अस्थायी शिविरहरुमा छन् । तिनीहरुको रेखदेख पुनःस्थापना र समायोजन गर्नु राज्यको प्राथमिक दायित्व हो । बाह्र बुँदे समझदारी र विस्तृत शान्ति सम्झौतामा उल्लिखित सहमतिका आधारमा माओवादी सेनाका लडाकुहरुको रेखदेख पुनःस्थापना र समायोजनका लागि हामीले अब तत्काल कदम चाल्न आवश्यक छ । यस सम्बन्धमा विगतमा विशेष समिति निर्माण भई केही प्राविधिक कामहरु पनि अगाडि बढेका छन् । तिनलाई समेत मूल्याङ्कन गर्दै यस कार्यलाई अविलम्ब निष्कर्षमा पुर् याउनका लागि म विशेष रुपमा संवेदनशील छु । नयाँ संविधान निर्माण गर्नु हाम्रो प्रमुख दायित्व हो । नेपाली जनताले आफ्नो संविधान आफैँ बनाउनका लागि विगतदेखि नै गरेको गौरवपूर्ण सङ्घर्षको परिणाम स्वरुप स्थापित संविधानसभाले निर्धारित मितिमा जनआकाङ्क्षा अनुरुपको यो काम सम्पन्न गरेर देखाउनुपर्ने चुनौती हाम्रा सामु छ । त्यसैले आपसी सहमतिका साथ निर्धारित मितिमा संविधान निर्माण गर्ने कुरालाई कुनै पनि हालतमा पूरा गर्न हामी एकताबद्ध भएर लाग्नैपर्छ । सभामुख महोदय जोसुकैका कारणबाट शान्ति प्रकि्रया विथोलिएमा हाम्रा अहिलेसम्मका उपलब्धिहरु खेर जानेछन् । एकले अर्कामाथि दोषारोपण गरेर आफूलाई चोखो सावित गर्ने प्रयत्न हुन सक्छन् । तर परिणाम राष्ट्र जनता र स्वयम् प्रत्येक पक्षका लागि समेत दुःखदायी सावित हुनेछ । विगतमा देशभित्र र बाहिरसमेत जोखिमपूर्ण यात्रा गर्दै हामीले शान्ति प्रकि्रया सुरु गरेका थियौँ । विगतमा अत्यन्त जटिल परिस्थितिमा सुरु भएको प्रकि्रया आज यस अवस्थासम्म आइपुग्ला भन्नेमा मानिसहरुमा शङ्का थियो । तर हामी सबै मिलेर कडा मिहिनेत गर्दै शान्ति प्रकि्रयालाई यस अवस्थासम्म ल्याइपुर् याएका छौँ । यसलाई सार्थक निष्कर्षमा पुर् याउने साझा दायित्वबाट हामी कोही पनि भाग्न सक्दैनौँ र भाग्नु हुन्न । कटुतापूर्ण र परस्पर निषेधकारी सम्बन्धको अवस्थाबाट अगाडि बढेर हामीले मुलुकमा सहमति र सहकार्यको राजनीति आरम्भ गरेका थियौँ । विगतमा एक अर्कासँग भेटघाट र कुराकानी गर्नसमेत हिच्किचाउने अवस्थाबाट सहकार्यका हात बढाउँदै हामी एउटै आन्दोलनकारी शक्तिका रुपमा एकै ाउँमा उभिन पुगेका थियौँ । एक अर्काको मान-मर्दन गरेर होइन अस्तित्व स्वाभिमान र मर्यादाको सम्मान गरेर मात्रै हामी सहकार्य अघि बढाउन सक्छौँ । सम्माननीय सभामुख महोदय लामो समयदेखि व्यवस्थापिका-संसद्को बै क अबरुद्ध हुँदै आएको थियो । सबैका निम्ति खुसीको कुरा हो कि सहमतिका साथ व्यवस्थापिका-संसद्को बै क सुचारु गर्ने हाम्रो प्रयास आज आएर सफल भएको छ । अनेक चरणको बहस र छलफल पश्चात सरकार सरकारलाई समर्थन गर्ने राजनीतिक दलहरु र एकीकृत नेकपा माओवादी का बीचमा व्यवस्थापिका-संसद्को बै क सुचारु गर्नका लागि सहमति कायम भएको छ । एकीकृत नेकपा माओवादी ले प्रधानसेनापति प्रकरणका सन्दर्भमा राष्ट्रपतिको कदमलाई लिएर नागरिक सर्वोच्चताको बिषय उ ाई व्यवस्थापिका-संसद्को बै कमा अवरोध सिर्जना गर्दै आएको थियो । यस सम्बन्धमा रहेका मतभिन्नताहरुलाई राजनीतिक दलहरुबीच आवश्यक छलफल गरी एक महिनाभित्र सहमति कायम गर्न पहल गरिनेछ भन्ने कुरा सभामुख महोदयमार्फत यस सम्मानीत सदनलाई अवगत गराउन चाहन्छु । बदलिँदो विश्व यसबाट उत्पन्न चुनौती अवसर र प्रतिष्पर्धापूर्ण परिस्थितिलाई हामीले नेपालको भू-राजनीतिक परिवेशमा राम्ररी बुझ्नुपर्दछ । नेपालको अस्मिता स्वाभिमान र आत्मसम्मानको पूर्ण रुपमा रक्षा गर्नु सरकारको कर्तव्य हो । हाम्रो भूमि कुनै पनि छिमेकी मुलुकका विरुद्ध प्रयोग हुन नदिने हाम्रो राष्ट्रिय सङ्कल्प हो । यही अनुरुप राष्ट्रिय हित र जनताका आधारभूत अधिकारका लागि सरकार दृढतापूर्वक अघि बढ्नेछ । सभामुख महोदय अहिले नागरिक सर्वोच्चताका विषयमा चर्चा चलिरहेको छ । नागरिक सर्वोच्चताका बिषयमा हामीकहाँ कोही कसैका बीचमा मतभेद छ भन्ने मलाई लाग्दैन । हामी कोही पनि सैनिक सर्वोच्चताका पक्षमा छैनौँ । हाम्रो देशमा सैनिक सर्वोच्चता हुन सक्दैन र हुन दिइँदैन । हामीले लोकतान्त्रिक गणतन्त्र ल्याएकै नागरिक सर्वोच्चता स्थापनाका लागि हो । तर प्रधानसेनापति प्रकरण र राष्ट्रपतिको कदमका सन्दर्भमा भने सरकार राजनीतिक दलहरु र एकीकृत माओवादी का बीचमा धेरै-धेरै मतभिन्नता रहेको कुरा पनि सर्वविदित नै छ । सहमति र सहकार्यको राजनीतिक यात्रालाई कहिले एउटा त कहिले अर्काको नेतृत्वमा हामीले अगाडि बढाउँदै आएका छौँ । अहिले परिस्थितिले मलाई यो दायित्व सुम्पेको छ । म मेरो तर्फबाट सहमति र सहकार्यका लागि अधिकतम प्रयत्नशील छु । विगतमा झैँ सबै राजनीतिक दलहरुले परिस्थिति बुझेर सहमति र सहकार्यका लागि हात बढाउने मैले अपेक्षा गरेको छु । एकीकृत नेकपा माओवादी लाई पनि परिस्थिति बुझी यसमा सकि्रय योगदान गर्न अपिल गर्दछु । म अन्तरहृदयबाट भन्न चाहन्छु- हाम्रो मुलुकको समस्या समाधान गर्ने जिम्मेवारी हाम्रै हो । साँझ दिउँसो र बेलुकी अरुको दैलो नचाहरौँ । आज मरिसकेको राजतन्त्रले किन टाउको उ ाउँदैछ भन्ने प्रश्न उ ेको छ । यसको जवाफ आफैँभित्र खोजौँ- कतै हामीबीचको कटुता र हाम्रै व्यवहारले त यसो भइरहेको छैन सभामुख महोदय हामीले लोकतन्त्र ल्यायौँ गणतन्त्र स्थापना गर् यौँ । यसका लागि जीवनको वाजी लगाउने जनताको जति प्रशंसा गरे पनि कमै हुन्छ । तर हामीले जनताले देख्ने-भोग्ने गरी परिवर्तनको अनुभूति गराउन सकिरहेका छैनौँ । राजनीतिक रुपमा विराट परिवर्तन भए पनि त्यसले उनीहरुको जीवनस्तरमा परिवर्तन ल्याउन सकेको छैन । रोग भोक गरिवी र अशिक्षाले अहिले पनि हामीलाई चुनौती दिइरहेकै छन् । सामाजिक-आर्थिक रुपान्तरणका कामहरु सुरु नै भएका छैनन् भन्दा पनि हुन्छ । जनताले महसुस गर्ने गरी प्रत्यक्ष जनसरोकारका विषयहरुमा हामीले ध्यान पुर् याउन ढिला भइसकेको छ । संविधान निर्माणजस्तो महत्वपूर्ण काम त छँदैछ त्यसबाहेक जनतालाई जनमुखी र लोकतान्त्रिक सरकार भएको अनुभूति दिलाउनका लागि जनसरोकारका विषयहरुलाई यथाशीघ्र सम्बोधन गर्न म प्रयत्नशील रहनेछु । विगत लामो समयदेखि हाम्रो देशमा विकास-निर्माणका कार्यहरुले गति लिन सकेका छैनन् । हामीले राजनीतिक कामका साथसाथै यस पक्षमा पनि उत्तिकै ध्यान दिनुपर्छ । सडक पुल भवन खानेपानी जलविद्युत् आयोजना जस्ता भौतिक संरचनाहरुको निर्माणबाट नै हामी विकसित बन्न सक्छौँ । दुःखका साथ भन्नुपर्छ- हामीसँग गौरव गर्नलायक भौतिक संरचनाहरु छैनन् । भएका पनि रुग्ण छन् । हामी जनताका प्रतिनिधि हौँ । त्यसैले जनजीवनलाई प्रत्यक्ष प्रभावित गर्ने यस्ता विकास निर्माणका काममा पनि हामीले त्यत्तिकै ध्यान दिन जरुरी छ । अब चर्का कुरा र मी ो भाषणले मात्र जनताको चित्त बुझाउन असम्भव छ । उनीहरु आफ्नो घर-आँगनमा मोटर गुडेको हेर्न चाहन्छन् शुद्ध पानी पिउन चाहन्छन् विजुलीबत्तीको उज्यालो उपयोग गर्न चाहन्छन् महङ्गी नियन्त्रण होस् भन्ने चाहन्छन् सुरक्षाको प्रत्याभूति चाहन्छन् स्वच्छ-सफा गाउँघर चाहन्छन् स्वस्थ जीवन चाहन्छन् सुन्दर घरमा बस्न चाहन्छन् एक पेट खान चाहन्छन् एकसरो लुगा लगाउन चाहन्छन् राम्रो शिक्षा हासिल गर्न चाहन्छन् कुनै न कुनै पेसा-रोजगारीमा व्यस्त हुन चाहन्छन् खाद्यान्न सङ्कटबाट मुक्त हुन चाहन्छन् । त्यसैले राष्ट्रिय एकता र जनचाहनालाई ध्यानमा राख्दै हामीले विकास निर्माणका काममा तीब्र गति ल्याउनुपर्छ । विकास निर्माणका काममा प्रकि्रयागत जटिलता देखाएर हुने ढिलासुस्ती र अनियमिततालाई कडाइका साथ रोक्नुपर्छ भन्ने मेरो मान्यता छ । सभामुख महोदय सङ्क्रमणकालीन अवस्थाको फाइदा उ ाएर मुलुकमा दण्डहीनता र आपराधिक कि्रयाकलापमा वृद्धि भइरहेको छ । भर्खरै मुलुकको राजधानीमै भएको ख्याति श्रेष् को अपहरण र हत्याले हामी सबैलाई स्तब्ध पारेको छ । अपराधीहरुको साजाल बढ्दो छ । दण्डहीनताका कारण अपराधीहरुको मनोबल बढ्दा र राज्यले उनीहरुमाथि कारवाही गर्न नसक्दा नै बारम्बार यस्ता घटनाहरु भइरहेका छन् । विगतदेखि नै गल्ती गर्नेलाई दण्ड र राम्रो गर्नेलाई पुरस्कारको व्यवस्था नहुँदा र कामको मूल्याङ्कन तथा अनुगमन नहुँदा प्रहरी-प्रशासनको मनोबल गिरेको छ । योग्य र अयोग्य सक्षम र असक्षम निस्क्रिय र सकि्रय अनुशासित र अनुशासनहीनका बीचमा कुनै भेद नहुँदा नै राज्य संयन्त्रले राम्ररी काम गर्न सकेको छैन । कानुनी राज्य र विधिको शासन आजको आवश्यकता हो । कोही पनि कानुनभन्दा माथि छैन र कानुनले कसैलाई पनि अतिरिक्त छुट दिएको छैन । मेरो दृढ सङ्कल्प छ- म यस्ता कुनै पनि गलत कुरासँग कदापि सम्झौता गर्दिनँ । अपराधीहरुको साजाल तोड्न मुलुकबाट दण्डहीनता समाप्त गर्न र जनतालाई शान्ति-सुरक्षाको प्रत्याभूति दिन म पूर्ण प्रतिबद्ध छु । जनताले हामीलाई बचनमा होइन कर्ममा हेर्न चाहेका छन् । कुरा र कामबीचको सामाजस्यताबाट मात्र हामी जनताको विश्वास जित्न सक्छौँ । अहिलेको अवस्थामा सामाजिक सुधारको अभियान पनि चलाउनुपरेको छ । त्यसका लागि हामीले सबभन्दा पहिला आफ्नो आचरणमा सुधार गर्न जरुरी छ । नेपाली संस्कृति र संस्कारमा रहेका राम्रा पक्षहरुलाई हामीले पुनःजागरण गर्नुपर्छ । मिहिनेती सहिष्णु र श्रम गर्ने संस्कृतिलाई प्रोत्साहित गर्नुपर्छ भने गी तस्करी र वेइमानी प्रवृत्तिलाई सख्त रुपमा निरुत्साहित गर्नुपर्छ । यसो गरेर मात्र हामीले असललाई स्थापित र खरावलाई विस्थापित गर्न सक्छौँ । सभामुख महोदय विगतमा सरकार र विभिन्न आन्दोलनकारी समूहहरुबीच सम्झौता र सहमतिहरु भएका छन् । अविच्छिन्न उत्ताराधिकारयुक्त संस्था भएका कारण सरकारले राजनीतिक दलहरुसँग समन्वय गरी तिनीहरुलाई आपसी छलफलका आधारमा सहमति कायम गर्दै कार्यान्वयन गर्ने विश्वास दिलाउन चाहन्छु । आफ्ना मागहरु राख्नु र पहिचानको लडाइँ लड्नु लोकतन्त्रमा स्वाभाविक प्रकि्रया हो । तर नेपालमा शदिऔँदेखि कायम एकता भ्रातृत्व हार्दिकता र सहिष्णुतालाई विथोल्ने गरी कसैलाई पनि जथाभावी गर्ने छुट दिन सकिँदैन । हत्या-िहंसाका बलमा कुनै पनि राजनीति सफल हुँदैन भन्ने अनुभव सबैलाई भइसकेको छ । िहंसाको सहारा लिएर आफ्नो अभीष्ट पूरा गर्ने उद्देश्य राखेका समूहहरुलाई म त्यस्तो बाटो छोडी शान्तिपूर्ण राजनीतिमा आउन आह्वान गर्दछु । सम्वादका माध्यमबाट कुनै पनि समस्या समाधान गर्न सकिन्छ । त्यसका लागि सरकारले आवश्यक व्यवस्था मिलाउने विश्वास दिलाउन चाहन्छु । मुलुकमा विद्यमान समस्याबाट कोही पनि पृथक छैन । महिला आदिवासी जनजाति तराईवासी-मधेसी दलित थारु मुस्लिम र पछाडि परेका÷पारिएका क्षेत्रका जनतालगायतका आशा र अपेक्षाहरु पूरा भएका छैनन् । सरकार यी कुराहरुप्रति संवेदनशील रहनेछ । म सबैलाई वर्तमान संवेदनशील घडीमा राज्यका सीमा र प्राथमिकताहरु बुझेर आफ्ना मागहरु अघि सार्न विनम्र आग्रह गर्दछु । सभामुख महोदय अन्त्यमा मुलुकलाई छिटोभन्दा छिटो सङ्क्रमणकालबाट मुक्त गर्नु हामी सबैको दायित्व हो । सहमति र सहकार्यको विकल्प छैन भन्ने कुरामा म पुनः जोड दिन चाहन्छु । अहिलेको अवस्थामा सहमति र सहकार्यविना हाम्रा कार्यभारहरुलाई हामी कदापि पूरा गर्न सक्दैनौँ । सबल समृद्ध शान्त र लोकतान्त्रिक नेपालका लागि हातेमालो गरेर अघि बढ्न म पुनः सबैलाई आग्रह गर्दछु । धन्यवाद सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले ०६६ असार २२ गते व्यवस्थापिका-संसद्को बै कमा गर्नुभएको सम्बोधन
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्