Madhav Kumar Nepal

२०६६, असार २० गते कोटेश्वरमा आयोजित कार्यक्रमको मन्तव्य

सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले २०६६, असार २० गते कोटेश्वर महादेवस्थानमा नेकपा-एमाले) ३५ वडा कमिटीले आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा दिनुभएको मन्तव्य कार्यक्रमका सभापती कमरेड । मञ्चमा उपस्थित हुनुभएका केन्द्रीय कमिटीका सदस्य कमरेडहरु । का माडौं जिल्ला कमिटीका सदस्य कमरेडहरु । धार्मिक शहीद पण्डित नारायण पोखरेलका सूपूत्र पण्डित दिनवन्धु पोखरेलज्यू । मञ्चमा उपस्थित हुनुभएका आदरणीय माननीय दिदी कालिका भण्डारी र भाउजु मनु नेपाल, अन्य सबै मान्यजनहरु र आदरणीय दाजुभाइ तथा दिदीवहिनीहरु । मलाइ अत्यन्तै खुसी लागेको छ । ३५ नम्वर वडाका हाम्रा प्यारा कमरेडहरुले आदरणीय जनसमुदायहरुले भेटघाट र यहाँको बस्तुस्थितिको जानकारीका लागि एउटा अत्यन्तै रमाइलो चियापन र भेटघाट कार्यक्रम राख्नुभएको छ । यस कार्यक्रममा मैले पनि आफूलाइ लागेको दुईचार कुरा तपाँइहरुको बीचमा राख्ने मौका पाएको छु । मैले प्रधानमन्त्री भएपछि केही काम गर्ने सोचेको थिएँ । सोच्ने कुराहरुको त लामो फेहरिस्तै छ । ती सबै फेहरिस्त क्रमश ः गर्दै जान सकिन्छ र गर्नुपर्छ भन्ने मैले ानेको छु । त्यसमध्ये एउटा चर्चा यहाँ गर्नैपर्छ । जतिबेला म रुपन्देही जिल्लाको बुटवल नजिकको एउटा ाउँमा पण्डित दिनवन्धु पोखरेलले कथा वाचन गरिरहेको स्थानमा पुगेको थिएँ । त्यँहा पण्डित नारायण पोखरेललाई रुपन्देही जिल्लामै हत्या गरिएको र उहाँलाई शहीद घोषणा गर्नुपर्छ भन्ने कुरा उ ेको थियो । त्यसबेला नै मैले शहीद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेको थिएँ । मैले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि यस बारेमा भनेको थिएँ तर उहाँले पार लगाउनु भएन तर कताकता त्यसबेला मेरो दिमागमा आएको थियो- म प्रधानमन्त्री भएपछि पण्डित नारायण पोखरेललाई न्याय दिलाई छाड्छु । त्यसपछि मैले आफ्नै तर्फबाट मन्त्रीपरिषदमा प्रस्ताव राखेँ । सिंगो देशमा शान्तीको सन्देश छर्ने, जनताको बीचमा आपसी एकता र प्रेमको सन्देश छर्ने, मानिसमा नैतिक चरित्र निर्माण गर्नका लागि महान अभियान सञ्चालन गर्ने, नेपाली नागरिकहरुलाई देशभक्तिको भावनामा उत्प्रेरित गर्ने, छुवाछुत जस्तो मानव कलंक विरुद्ध अभियान सञ्चालन गर्ने र प्रत्येक ाउँमा स्कुल, कलेज र अस्पतालहरुको निर्माण हुन सकोस् भनेर सप्ताहा, नवाहाहरुमा कथा वाचन गरेर लाखौं, करोडौं रुपैंयाँ संकलन गरेर सामाजिक पूण्यकार्यमा सहयोग उपलव्ध गराउने व्यक्तित्व जसले धार्मिक प्रवचनकै क्रममा आततायीहरुको हातबाट जसरी आफ्नो जीवन गुमाउनु पर्‍यो, ती हत्याराहरुले सजाँय त पाएका छैनन् तर यसका बाबजुद पनि कमसेकम पनि उहाँको आत्मालाई शान्ती दिनका लागि हामीले सम्मान गर्न सक्यौं भने केही न्यूनतम काम गरेको हरिनेछ भन्ने सोचेर म प्रधानमन्त्री भएपछि मन्त्रीपरिषदको बै कबाट धार्मिक शहीदको सम्मान दिने निर्णय गरिएको थियो । हत्याराहरुलाई पक्राउ गर्न अझै बाँकि नै छ । उनीहरुमाथि कारवाही हुनु पर्दछ । पण्डित नारायण पोखरेलको पदचिन्हमा पण्डित दिनबन्धु पोखरेल अगाडि बढिरहनु भएको छ । देशभक्तिको भावना । म सबैभन्दा बढि देशप्रतिको मायालाई केन्द्रबिन्दुमा राख्न चाहान्छु । सिंगो राष्ट्रलाई एकताबद्ध बनाउनका लागि नेपालीहरुको एकताको सूत्रको खोजि, जुनसुकै भाषा, जुनसुकै धर्म, जुनसुकै क्षेत्र र जुनसुकै समुदायको भएपनि हामी सबै नेपाली हौं भन्ने भावनाबाट आपासी सम्मान र प्रेमकासाथ बस्नुपर्छ भन्ने सन्देश छर्दै पण्डित दिनबन्धु पोखरेल अहिले पनि क्रियाशील हुनुहुन्छ । त्यस कार्यमा निरन्तर लाग्नुहोस् भन्ने उहाँलाई शुभकामना दिन चाहान्छु । ३५ नम्वर वडाको महादेवस्थानमा उभिएर बोल्दै गर्दा मैले सम्भिmरहेको छु - अहिले बाटोमा आउँदै गर्दा पनि एक मिनेट विवेक लुइँटेलको घरमा पसौं कि भन्ने सोचेको थिएँ । ती अबोध बालकलाई आततायीहरुले अपहरण गरेर लगेपछि वर्वरतापूर्वक हत्या गरे । वास्तवमा मैले यस्तो अपहरणका कार्यहरुलाई निर्मूल गर्ने संकल्प लिएको छु । अपराधी र अपहरणकारीहरुको जरोलाई उच्छेद गर्न सकिएन भने सरकारमा बस्ने कुराको कुनै औचित्य रहने छैन । जनतालाई शान्ती-सुरक्षाको अनुभूति दिलाउनु सरकारको कर्तव्य हो । जुन सरकार यो कर्तव्यमा च्यूत हुन्छ त्यसले आफ्नो दायित्व पूरा गरेको हरिदैंन । ३५ नम्वर वडाबासी रामहरी श्रेष् लाई पनि यहि ाउँबाट अपहरण गरेर लगियो र निर्ममतापूर्वक हत्या गरियो । हत्याराहरु अझै आनन्दले बसिरहेका छन् भन्ने सुन्नमा आइरहेको छ । यसका लागि म सम्वन्धित पार्टीको ध्यानकर्षण गराउन चाहान्छु - ती अपराधीलाई संरक्षण गर्ने काम नगर्नुस्, नेपाल सरकारको जिम्मामा तुरुन्त सुर्पदगी गर्ने काम गर्नुहोस्, गर्नु भएन भने तपाँइ जनताको आक्रोशको शिकार बन्नुपर्नेछ । अपराधीहरुलाई कुनैपनि क्याम्पमा संरक्ष्ाण दिने काम नगर्नुस्, अपराधी भनेको अपराधी नै हुन् । मेरा पार्टीका कार्यकर्ता, समर्थक हुन् भनेर संरक्षण गर्नुको मतलव अपराधलाई संरक्ष्ाण गर्नु हो । अपराधीलाई प्रोत्साहन दिनु हो र आफैपनि प्रकारन्तरले अपराध कर्ममा संलग्न हुनु पनि हो । त्यस कारण यस्ता कार्य गर्नु निन्दनीय हुन्छ । यस्तो अवस्थामा सरकारले दृढतापूर्वक कदम चाल्नुपर्ने हुन्छ । जनताको चाहाना त्यस्ता अपराधीलाई गिरफ्तार गरेर सँजाय दिनुपर्छ भन्ने चाहाना हुन्छ तर जनताको चाहाना विपरित कुनै पार्टी लाग्छ भने त्यो पार्टी जनताबाट एक्लिनेछ र सरकार कदम चाल्न बाध्य हुनेछ । यहि वडामा व्यापार गरि बसेका जितेन्द्र शाह अपहरित भएका छन् । उनको अवस्था अहिलेसम्म अत्तोपत्तो छैन । यहि महादेवस्थानका सरोज पौडेललाई काम गर्ने सिलसिलामा सिधै गोली ोकेर हत्या गरियो । घरमा परिवारसँग बसिरहेका व्यक्तिलाई यसरी समातेर हत्या गर्ने सिलसिला अब अन्त्य हुन्छ भन्ने हामीले ानेका थियौं । राजनीतिको नाममा हत्या गर्ने, आतंकित बनाउने, तर्साउने, हात खुट्टा भाँचेर अपांग बनाउने जस्ता कुकर्महरु अब कसैले नगर्ने स्थिति सिर्जना हुन सकोस् । कुकर्म गर्नेहरु एउटा समयमा दण्डित हुनेछन् । अरुलाइ सताउनेहरु जनताको आक्रोशको शिकार हुनेछन् । हामी यहि चाहाना राख्दै कामना गरौं, अवस्य समयले सबैलाई न्याय गर्नेछ । भर्खरै ख्याती श्रेष् को अर्को जघन्य हत्या भएको छ । ३५ नम्वर वडाबासी नभएपनि सिंगो का माडौं मात्रै होइन सिंगो देश नै ख्याती श्रेष् को हत्याले स्तब्ध हुन पुगेको छ । पढाउने वाहाना गरेर एउटा स्कुलकी विद्यार्थीलाई जुन हिसावले अपहरण गरेर हत्या गर्ने काम गरियो, योभन्दा निन्दनीय अरु के हुन सक्छ ? त्यसकारण आपराधिक मानसिकता र आपराधिक प्रवृत्तिहरु बढ्दै गएको देखिदैंछ र अपराधीहरुको मनोवल बढ्दै गएको देखिएको छ । यी सबै अन्त्य गर्नका लागि म आम नागरिकहरुलाई, सम्पूर्ण टोलवासीहरुलाई र सिंगो देशवासीलाई सरकारलाई सहयोग गर्न आह्वान गर्न चाहान्छु । मैले भनेको छु - बलत्कारपछि हत्या गर्ने घटनाहरु, अपहरणपछि हत्या गर्ने घटनाहरु, महिलाहरुलाई बोक्सीको आरोपमा फोहोर खुवाउने र यातना दिने क्रियाकलापहरु, दाइजोका नाममा महिलाहरुलाई घरेलु हिंशाको शिकार बनाउने घटनाहरु, दलितलाई अपमान गर्ने, दुव्र्यबहार गर्ने घटनाहरु, लागू पदार्थ वसारपसारमा जुट्नेहरु जस्ता अपराधजन्य क्रियाकलापहरुले छुट पाउनु हुँदैन । अपराधीलाई कसैले संरक्षण दिनु हुँदैन । अपराध कर्म गर्नेलाई दण्डित गरिनेछ । मैले गृहमन्त्री, प्रधानमन्त्री कार्यलयका कर्मचारीहरु, गृह सचिव र प्रहरी अधिकृतहरुलाई भनिसकेको छु - यदि यस्ता क्रियाकलाप रोक्न, अपराध नियन्त्रण गर्न, अपराधीलाई सँजाय दिनका लागि प्रहरी र प्रसाशनका सरोकारका निकायहरुले भूमिका निर्वाहा गरेनन्, वेवास्ता गरे र ढिलासुस्ती गरेर संरक्षण गर्न थाले भने त्यस्ता व्यक्तिहरुमाथि पनि कारवाही गरिनेछ । अपराध नियन्त्रण गर्ने जिम्मेवारी पाएकाहरुले पनि वेवास्ता गरेर चासो राख्दैनन्, ढिलासुस्ती गर्छन् भने, अपराधीलाई उम्काउन सहयोग पुर्‍याउँछन् भने दण्डित गरिनेछ तर अपराध कार्यलाई नियन्त्रण गर्न भूमिका खेल्ने प्रहरी र प्रसाशनका मान्छेहरुलाई पुरष्कृत गर्ने काम पनि गरिनेछ । रााम्रो काम गर्नेलाई पुरष्कृत गरियो भने नराम्रो काम गर्नेलाई दण्डित गरियो भने वल्ल काम गर्ने जाँगर पलाउँछ । विगत केही समय राम्रो काम गर्नेलाई डोल्पा सरुवा गरियो र नराम्रो काम गर्नेलाई सिंहदरवारमा ल्याएर राखियो तर यो सरकारले यस्ता काम गर्नेछैन । कँही यस्तो भएको छ भने तपाँइहरुले मलाई जानकारी दिनुहोला, छानविन गरिनेछ । सबै अन्यायपूर्ण कामहरुलाई रोक्नका लागि म भूमिका निर्वाहा गर्नेछु । अहिले हाम्रासामू दुइवटा महत्वपूर्ण अभिभाराहरु छन् । पहिलो, शान्ती प्रक्रियालाई सार्थक निश्कर्षमा पुर्‍याउने, दोस्रो, जनताको चाहाना बमोजिमको संविधान निर्माण गर्ने । तेस्रो, जनताको आकांक्ष्ाालाई ध्यानमा राखेर, दण्डहीनता अन्य गरेर, भ्रष्ट्राचार निर्मूल पारेर, ढिलासुस्ती समाप्त पारेर, सुशासन कायम गरेर जनताको विकास निर्माणको चाहानालाई साकार पार्ने । तर अहिले जनताले जुन प्रकारको चिन्ता प्रकट गरिरहेका छन् ती सबैलाई बिचार पुर्‍याउँदा शान्ती सुव्यबस्थालाई मैले सबैभन्दा महत्वपूर्ण हो भन्ने ानिरहेको छु । महंगीले जनता अत्यन्तै आक्रान्त छन् , बेरोजगारीले युवाहरु पीडित छन् । पिउने पानी, खानेपानी, ट्राफिकको समस्या, पूलपुलेसाको समस्या जताततै देखिएका छन् । यो सरकार नागरिक सर्बोच्चत्ताको एउटा उदाहरण हो । यो सरकार संविधानसभामा रहेका ६ सय १ सभासदमध्ये ३ सय ५९ सभासदहरुको समर्थन प्राप्त गरेर निर्बिरोध निर्वाचित भएर आएको सरकार हो । त्यसैले यो नेपाली जनताको सरकार हो । नेपाली जनताले निर्वाचित गरेका जनप्रतिनीधिहरुले निर्वाचित गरेको सरकार हो । कसैकसैले रिसको झोकमा यो सरकारलाई तथानाम आरोप लगाउने गरेको सुन्नुहुन्छ । हुनत मान्छेलाई कुर्ची छोडेको बेलामा सबैभन्दा बढि झोक चल्छ । तर कुर्ची त आफैंले छोडेको हो नि ! कसैले राजिनामा गर भनेर त गरेको होइन । कसैकसैको ब्लड प्रेसर उच्चहुँदा झांेकमा पनि काम गरिहाल्छ । तर झांेकमा छोराछोरीलाई पनि कुटी हाल्नु हुँदैन, हरै हुन्छ । झांेकमा राजिनामा दिनुभयो, ाउँ खाली भयो । खाली भएको ाउँमा अरु आयो भनेर रिस पोखेर हुन्छ ? रिस पोख्नुछ भने आफ्नै घरभित्र पोख्नुस्, आफ्नै हातलाई कुट्नुस्, त्यस्तो बुद्धि दिने दिमागलाई कुट्नुस् । अरुलाई गाली गर्दै, पत्रिकामा लेख्दै, भाषण ोक्दै, अन्तर्वार्ता दिँदै गरेर तपाँइले आफ्नो उचाई आफंै घटाइ रहनुभएको छ । कहिले क पूतली सरकार भन्दिएको छ, कहिले विदेशीले ल्याएको सरकार भन्दिएको छ , सबैलाई थाहा छ - अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा ६ सय १ सभासदमध्ये ३ सय ५९ जनाले समर्थन गरेर, निर्बिरोध रुपमा नेपाली जनताका प्रतिनीधिहरुले मतदान गरेर, निर्वाचित गरेर प ाएको सरकार हो । त्यसकारण आरोप मात्रै लगाएर हुने भइदिएको भएत जे भनेको छ त्यहि सदर हुन्थ्यो । बेकारमा राजिनामा दिइयो भन्ने पश्चताप भएको होला । माधव नेपाललाई कुन कुबुद्धी लागेर संविधानसभामा लगिएछ भन्नेपनि लागेको होला । हात जोडर आइदिनुस भनेर बेकार भनिएछ भन्ने परेको पनि होला । लगेको त हो नि ! ४ घण्टासम्म लगाएर संविधानसभामा आइदिनु पर्‍यो भनेकै हो । पटकपटक मैले हुन्न, हुन्न भन्दापनि चि ी प ाइप ाइकन अनुरोध गरेकै हो । संवैधानिक समितिको सभापति पनि बन्नुपर्‍यो भनेर दिग्दज, दिग्दज नेताहरुले पनि भनेकै हुन् । बै कबाट निर्णय गरेरै चि ी प ाएका हुन् । तर आज आएर कुन बेलामा के बुद्धी बिगि्रएर माधव नेपाललाई प ाइएछ प्रधानमन्त्रीपो बन्न पुगेछ भनेर हुन्छ ? म गरौं के ? ६ सय १ मध्येबाटै प्रधानमन्त्री बन्ने हो । सभापति भएको मान्छेलाई पनि सबैले तपाँइनै प्रधानमन्त्री हुनुपर्छ भने, मैले गर्नु के ? अवस्य नेकपा-माओवादी)का नेताहरुलेचाँहि तपाँइ नभइदिनुस् है भनेका हुन् । अब के गर्ने ? उहाँहरुकै ाउँमा गएकाले सौता पस्यो भन्ने ान्नु भएको होला । मैले मुन्ट्याएर, घोक्रे ्याक लगाएर निकालेको होइन । छोड्नुपर्छ भनेर सुझाव दिएको पनि होइन तरपनि किन मेरा बिरुद्धमा झांेक फेरेको ? २४ सै घण्टा एउटै काम छ माधव नेपालको निन्दा र भत्र्सना गर्ने । तैपनि मलाई केही भन्नु छैन । त्यही कामले मनमा शान्ती हुन्छ भने बरु सबै एकै ाउँमा बसेर निन्दा यज्ञ गर्नुस्, माधव नेपालको निन्दा यज्ञ गरेर बस्नुस् । अहिलेसम्म त राम्रै कथा वाचन भइरहेको छ निन्दा वाचनको पनि सिलसिला सुरु गर्नुस् । तपाँइको मनलाई शान्ती हुन्छ भने ीकै छ । कहिलेकाँही धेरै कुरा सुनेपछि मान्छेको कान पाक्छ तर पाकेको कानपनि सुकिसकेपछि के फरक पर्छ र ? भन्दै जानुस् । मेरो केही पनि गुनासो रहनेछैन । यहि कारण मैले भनेको थिएँ- बिषजति पोखेपनि म पिउन पनि तयार छु । मलाई विष वृक्षपनि भन्नुभयो तर मैले भने - म विष वृक्ष त होइन तर कल्प वृक्ष पनि होइन । मत कस्तो वृक्ष हुन चाहान्छु भने सके त्यसले फल देओस् नसके नबिगारोस् कमसेकम शितल त देओस् । म शितल दिन चाहान्छु । नराम्रो नगर्नु, राम्रो गर्न सक्नुहुन्न भने नराम्राे नगरिदिनुस् । मान्छेले यो मान्छे खराबचाँहि होइन भन्ने ान्छन् । भलादमी, असल रहेछ । सर्वे भवन्तु सुखिन ः को चाहाना राख्दो रहेछ भनिदिऊन् न । म सक्दो राम्रो काम गर्नेछु तर किमार्थ राष्ट्र र जनताका बिरुद्धमा र अन्याय र अत्यचारीको पक्ष्ामा माधव नेपालबाट काम हुनेछैन । कार्यान्वयनकै सिलसिलामा मैले पण्डित नारायण पोखरेललाई शहीदको घोषणा गरे । ख्याती श्रेष् को हत्यारालाई गिरफ्तार गरियो, जावलाखेलमा वम पड्काएर हत्या गर्ने महिलालाई पक्राउ गरेर मुद्दा चलाइयो । कैलालीमा अपहरण गर्ने अपहरणकारीलाई खोज्दै भारतको शहरबाट नेपालको जेलमा कोच्न लगाइयो । यी सबै गरेरै देखाइएका कुराहरु हुन् । गरेर देखाउने सिलसिलामै मैले धेरै कुराहरुमा हात हाल्न खोजिरहेको छु तर तपाँइहरुलाई थाहा छ २२ वटा दललाई साथमै लानुछ । ७ पार्टीलाई मिलाउन त प्रचण्डलाई हम्मेहम्मे परेको थियो तर २२ वटा पार्टीलाई कसरी मिलाएर लैजाने ? घरका सन्तानलाई मिलाउन त धेरै गाहृो पर्छ । २२ थरीका पार्टीलाई एकै ाउँमा लिएर जान सजिलो छ र ? त्यसकारण तपाँइहरुको सदभाव, माया र समझदारी चाहिन्छ । मेरो क िनाइ र अफ ्यारालाई पनि बुझिदिनुपर्छ । एउटा सिंगो डल्लो २४ सै घण्टा निन्दा गरेर बसेको छ । त्यो सानो छैन । जनताले ीक गरेकी बे ीक गरे कत्रो ूलो डल्लो बनाइदिए गाहृो, ज्याद्रो । जतिगर्दा पनि नहुने । हात जोड्दापनि नहुने, फकाउँदा र सबैथोक गरिदिन्छु भन्दापनि नहुने । यस्ताहरुसँग व्याबाहार गर्नुछ तर केहीछैन म आँतिने खालको मान्छे नै होइन । म निराश हुनेखालको मान्छे पनि होइन । सबै खालका चुनौतिहरु सामना गर्ने हिम्मत भएको मान्छे हुँ । त्यसकारण तपाइहरुको माया, साथ र समर्थनमात्रै चाहिन्छ । साथ दिनुहोस् यो देशलाई अगाडि बढाउने काम म गरेरै देखाउनेछु । समयमात्रै पाउनु पर्छ यी सबै सम्ास्या समाधान गरिनेछ । अहिले मैले अर्को संकल्प गरिरहेको छु । छेउबाटै वाग्मती बगिरहेको छ । मन्तव्यको क्रममा एकजना वक्ताले भन्नुभएको थियो वाग्मती हो कि ढलमती ? ढलमतीलाई कसरी वागमती बनाउने ? वागमतीका लागि मैले विदेशीहरुलाई ूलो आयोजनाको आग्रह गरिहेको छु । अबौं लाग्छ भनेपनि ढलमतीलाई वागमतीमा रुपान्तरण गरिछाडिनेछ । सुन्दरी जलबाट सुरु गरेर दुवै तर्फका ढल व्यबस्थित गरिनेछ । वागमतीमा ढलको पानी छिर्न दिइनेछैन । जम्मै फोहोर र कसिंंगरहरु वागमतीमा फाल्ने काम बन्द गरिनेछ र पशुपतीनाथ र गुहेश्वरी मन्दिरको अगाडि सललल स्वच्छ निर्मल पानी बग्नेछ । मान्छे त्यँहा जाँदापनि आनन्दको अनुभूति गरुन् । आचमन गर्ने मात्रै होइन स्नान गर्दापनि पवित्र ानुन् । कोटेश्वरसामून्नेबाट वागमती बगेको देख्दा सबैको मन प्रफूल्ल हुन पुगोस् । त्यसकारण यो गुरुयोजनालाई छिटो सम्पन्न गर्न प्रयास गरिनेछ । २०१८ सालमा पूर्वपश्चिम राजमार्ग बनाउन सुरु गरियो तर १ हजार किलोमिटर बाटो बनाउनका लागि ३७ बर्ष लाग्यो । अरु देशमा यहि बाटो ३ बर्षमा पूरा हुन्छ । सिंहदरवारमा २०३० सालमा आगो लागेको थियो तर ३६ बर्षदेखि भवन निर्माण गर्ने क्रम जारी छ ३५ बर्षमा जम्मा ७ वटा घर बन्यो । त्यसकारण मन्त्रालयहरुका लागि भवन आवस्यक छन् भने तुरुन्तै योजना बनाएर निश्चित अवधिभित्र सम्पन्न गर्नुपर्छ । तपाइहरुले ाउँ ाउँमा देख्नु भएको छ- हाउजिङ प्लान ३ बर्षमा तयार भएको छ । सिंहदरवारका लागि योजना बनाइरहेको छु । नारायणहिटीलाई राम्रो संग्रहालयको विकास गर्ने सरकारको योजना छ । चीनमा एउटा घर छ जसलाई फोहोर बेडिन स्टिट भनिन्छ । त्यो पहिला राजामहाराजाहरुको दरवार थियो । अहिले त्यो अन्तराष्ट्रिय पर्यटकहरुको आकर्षणको केन्द्र छ । त्यसैले नारायणहिटी संग्रहालयमा कसरी नेपाल राष्ट्रको अभ्युदय भयो, कसरी नेमूनीले का माडौं शहरको स्थापना गरे, ककेसियाबाट मान्छेहरु घुम्दैघुम्दै कणर्ाली प्रदेशमा बसोवाश गरे ? जनकको इतिहास, कोलिया वंशको इतिहास, लिच्छिवीकालीन इतिहास सबैको इतिहासको जीवन्त तस्वीर उतार्नेगरी संग्रहालयको विकास गर्ने सोच अगाडि सारेको छु । का माडौंको मुटु रत्नपार्कमा भीमसेन थापाले बनाएकोभन्दा अग्लो एउटा गणतन्त्र स्तम्भ तयार गरिनेछ । जो नेपालको सानको, मानको, गणतन्त्रको र प्रगतिको प्रतीक हुनेछ । यसका अलावा विद्युत लोडसेडिङ अन्त्य गर्ने, उद्योगधन्दा र कलकारखानाहरु खोल्ने, वैकल्पिक विमानस्थल निर्माण गर्ने, का माडौंबाट तराईसम्म फास्ट ट्रयाक रोड जोड्ने, १ हजार किलोमिटरको हुलाकी राजमार्ग छोटो समयभित्र सम्पन्न गर्ने लगायतका कार्यलाई छिटो बढाउनका लागि मलाई तपाइहरुको सहयोग चाहिन्छ । म काम गरेर देखाउन चाहान्छु । कुरा र गफ धेरै भए । समस्या हल गर्नका लागि सबैभन्दा पहिला घरेलु झन्झटबाट मुक्त हुनुपर्छ । २४ सै घण्टा पिरलोमा परियो भने अरुमा समय नै दिन सकिदैंन । धेरै डेलिगेसन आएर मेरो समय लिनुभन्दा २ नम्वर क्ष्ाेत्रका लागि त यहि क्षेत्रका कमरेड बुद्धभक्त चित्रकार स्वकीय सचिवालयमा हुनुहुन्छ । यहाँको सबै विकास निर्माणको जिम्मा उहाँलाइ दिनुस् । कहाँ जानुपर्छ, कुन् मन्त्री र सचिवलाई भन्नुपर्छ उहाँ लाग्नु हुन्छ । मेरो तर्फबाट मैले केके गर्नुपर्ने हो म सहयोग गर्नेछु । यहाँको पूल तुरुन्तै जोडिनु पर्छ । बालकुमारीको पूलबाट थापथलीको पूलसम्म जोड्ने वागमती-मनोहरा कोरिडोर निर्माण गर्न अर्को पूलको पनि खाँचो छ । पाटनसँग जोड्ने अर्को पूलको पनि आवस्यकता छ । तीनवटै पूलको लागि म प्रयास गर्नेछु । अर्को समस्या खानेपानीको । मेरी जीवनसंगिनीले अघि नै खानेपानीको त मेरो पनि माग हो भनिसकिन् । घरमा पाइप त छ थोपो आउँछ कि भन्यो थोपै आउँदैन । बर्षौं भइसक्यो । बालकुमारी पुलबाट तीनकुने पूलसम्मको जनता सडकको सिलन्यास मैले नै गरेको तपाइहरुलाई थाहा छ । बाटो पिच गर्न पनि मैले नै भूमिका खेलेको हुँ । तर अरुले त मैले पो गरेको हुँ भनेको सुन्दैछु । आफ्नै घरमा सडक र नगरपालिकाका कर्मचारीलाई बोलाएर बाटो पीच हुनुपर्छ भनेको थिएँ । कोटेश्वर र लोकन्थलीको पानीको आवस्यकता पूरा गर्न लोकन्थलीमा खानेपानीको बोरिङ गर्न लगाइयो । पानी त आयो तर कता हरायो मेरोे घर र यो टोलमा त छँदैछैन । कोटेश्वरकै निम्ती अर्को परियोजना सुरु गर्न लगाइयो । तर पानी आउँछ भनेर घरको छतबाट हेर्‍यो कहिल्यै आएन । त्यसपछि मेरो घर छेउमै रहेको ढुंगे धाराको स्वच्छ पानीलाई डिप बोरिङ गरेर समाधान गर्ने कोसिश पनि गरियो तर ढुंगे धाराकै मूहान सुक्यो । त्यसपछि जडिबुटी हाइटको एअरर्पोटमा प्रयास गरियो । त्यँहा काम त अगाडि बढेको छ तर फिल्टर गरेर वितरण गर्न बाँकि नै छ । आवस्यकता बढिरहेकाले हाम्रो टोलमा त अझै आइपुगेको छैन । त्यसकारण यहि ाउँलाई ध्यानमा राखेर खानेपानीका लागि तपाइहरु अगाडि बढ्नुस् के गर्नुपर्छ म गर्नेछु । यहाँको खानेपानी समस्या समाधान गर्न मेरो जोड रहनेछ । मनोहरा जग्गा एकीकरण आयोजनाको समस्या पनि समाधान गरिनेछ । यो समस्या समाधान गर्न म एक दर्जन पटक प्रयास गरेको छु । पटकपटक पुर्नमूल्यांकन त गरियो तर बीचमा ककसले खेल्दा रहेछन् तुहिँदो रहेछ । अल्झाउँदा केही मान्छेले पैसा पाउँदा रहेछन् बर्ष बित्ने बित्तिक्कै जग्गाको भाउ बढि हाल्दो रहेछ । यसका निम्ति पनि सबैलाई राखेर के गर्नुपर्छ गरौंला । जनताका धेरै चाहाना र माग छन् । का माडौंलाई सुन्दर बनाउनु छ । फोहोरमैलाको समस्या समाधान गर्नुछ । अब सँधैभरी डम्पिङ साइटमा फोहर फाल्ने होइन आम्दानीको साधान बनाउनेगरी विकल्पसहित अगाडि बढ्नुपर्छ । ट्राफिक अर्को समस्या छ । खुशीको कुरा कोटेश्वरको बाटो अहिले फराकिलो हुँदैछ । देशमा शान्ती कायम गरेर, सबै विकृति अन्त्य गरेर, जनताको हीतलाई केन्द्रबिन्दूमा राखेर र इमान्दार भएर अगाडि बढ्न आवस्यक छ । धेरै क्षेत्रमा धेरै गर्नुछ । सबै कुरा पूरा गर्दै अगाडि बढ्न तपाँइहरुले पनि सहयोगी हातहरु अगाडि बढाउनुस्, समुह बनाउनुस्, मेरो पनि साथ रहनेछ र तपाइहरुको सदभाव रही रहोस् । देशलाई शान्ती, स्थायित्व र प्रगतिको दिशामा अगाडि बढाऔं भन्ने भावना व्यक्त गर्दै, फेरी पनि हार्दिक धन्यवाद व्यक्त गर्दै म आफ्नो मन्तव्य यहीँ टुंग्याउँछु, धन्यवाद
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्