Madhav Kumar Nepal

नीजि भ्रमण स्वरुप ल्हासा प्रस्थान

९ भदौ, काठमाडौँ, पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपाल नीजि एवम् पारिवारिक भ्रमणको शीलसिलामा अहिले विहान १०:३० बजेको चाइना एअरको विमानबाट तिब्बतको ल्हासातर्फ प्रस्थान गर्नुभएको छ । नीजि भ्रमण भएपनि वहाँले तिब्बतको सिगात्से पुगी चीन सरकारले नेपालतर्फको नाका केरुङ्कसम्म ल्याउन लागेको रेलमार्गको बारेमा जानकारी लिनुहुनेछ । यसका साथै तिब्बत सरकार तथा चीनियाँ कम्युनिष्ट पार्टीका उपलब्ध केन्द्रिय एवम् स्थानीय नेताहरुसँग भेटघाट तथा कुराकानी पनि गर्नुहुनेछ । वहाँहरुले धार्मिक एवम् पर्यटकीय हिसाबले महत्वपूर्ण मानसरोवर क्षेत्रका साथै उक्त क्षेत्रमा पर्ने अन्य महत्वपूर्ण स्थानहरुको पनि भ्रमण गर्नुहुनेछ । वहाँसँगै वहाँकी धर्मपत्नी गायत्री आचार्य नेपाल, भाईहरु विनोद उपाध्याय र सरोज उपाध्याय तथा बुहारी अञ्जना नेपाल पनि जानुभएको छ ।

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्