Madhav Kumar Nepal

प्रधानमन्त्री-दाहाल भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपाल र प्रमुख विपक्षी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल-प्रचण्डबीच कुराकानी भएको छ । प्रधानमन्त्रीको निजी निवास कोटेश्वरमा उहाँहरुका बीचमा दुई घन्टा कुराकानी भएको थियो । कुराकानीका क्रममा प्रधानमन्त्री नेपालले भन्नुभयो ः संसद्मा अवरोध नगर्नूस् अहिले तपाईंहरुले घोषणा गरेको आन्दोलनले शान्ति प्रकि्रया र संविधान निर्माणलाई सहयोग गर्दैन । राष्ट्रपतिका सम्बन्धमा व्यवस्थापिका-संसद्मा छलफल गर्न सकिँदैन । त्यो कुरा संविधानले नै स्पष्ट व्यवस्था गरेको छ । यस विषयमा पार्टीहरुका बीचमा छलफल गर्न सकिन्छ संसद्मा होइन । पार्टीहरुका बीचमा सहमति र समझदारी कायम गरेर अघि बढ्नुपर्छ । भारत भ्रमणका बेला कुनै विवादास्पद कुराहरु गरिने छैन । नेपालमा दलहरुका बीचमा छलफल र सहमति नगरी कुनै नयाँ कुरा गरिने छैन ।
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्