Madhav Kumar Nepal

चार बुँदे निर्णय

काठमाडौँ । आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा सरकारलाई समर्थन गर्ने २२ राजनीतिक दलको बैठक सम्पन्न भयो । बैठकले निम्नानुसारका निर्णय गरेको छ १ बैठकले गत असार २२ गते सत्तारुढ दलहरुका तर्फबाट नेकपा एमाले र एनेकपा माओवादी बीच सम्पन्न चार बुँदे सहमति कार्यान्वयन गर्न सरकारले गरेको प्रयासलाई सराहना गरेको छ । बैठकले उक्त सहमतिलाई अक्षरशः कार्यान्वयनका गर्नका लागि सकि्रयताका साथ अघि बढ्न सरकारलाई आग्रह गरेको छ र एनेकपा माओवादी लाई पनि सहमति पालना गर्न ध्यानाकर्षण गरेको छ । २ बैठकले प्रधान सेनापति प्रकरणका सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यूले चाल्नुभएको कदमका सम्बन्धमा व्यवस्थापिका-संसद्मा छलफल गराउने एनेकपा माओवादी को माग अन्तरिम संविधान र व्यवस्थापिका-ससद्को नियमावली विपरीत छ भन्ने ठहर गरेको छ । ३ बैठकले आपसी असमझदारीलाई हटाउने शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउने र समयमै संविधान निर्माण गर्ने उद्देश्यका साथ एनेकपा माओवादी सँग दुईपक्षीय बहुपक्षीय र सर्वदलीय वार्ताको प्रकि्रयालाई निरन्तरता र तीब्रताका साथ अघि बढाउने निर्णय गरेको छ । ४ बैठकले सरकार पक्षीय राजनीतिक दलहरुका बीचमा ुसमन्वय समितिु गठन गर्ने र उक्त समितिको कार्यालयसमेत स्थापना गर्ने निर्णय गरेको छ । रघुजी पन्त प्रधानमन्त्रीका प्रमुख सल्लाहकार २२ साउन २०६६
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्