Madhav Kumar Nepal

खानेपानी सुरुङमार्गको उद्घाटन

काठमाडौं, साउन १९ । प्रधानमन्त्री माधवकुमार नेपालले सुन्दरीजलमा मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले सरकारले मेलम्ची आयोजनालाई प्राथमिकतासहित अगाडि बढाइरहेको बताउँदै समयमै सम्पन्न गर्न सहयोग पुर्‍याउन सम्वद्ध सबै पक्षलाई आग्रह गर्नुभयो । सुन्दरीजलबाट राजधानी जोड्ने भित्री सुरुङ मार्गको प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो । उपप्रधानमन्त्री, आवास तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसीयाली विकास बैंकका उपाध्यक्ष, चिन तथा भारतका राजदूत र सभासदहरुलगायतका अतिथिहरुको उपस्थिति थियो ।
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्