Madhav Kumar Nepal

प्रकोप नियन्त्रणका लागि निर्देशन

काठमाडौं, असार २८ । प्रधानमन्त्री माधवकुमार नेपालले मध्यपश्चिमको कालिकोट र रुकुम जिल्लामा फैलिएको झाडा पखलाको प्रकोप नियन्त्रणका लागि समन्वयत्माक ढंगले अगाडि बढ्न निर्देशन दिनुभएको छ । आज बिहान मन्त्रीपरिषदको कार्यलय सिंहदरवारमा बिहान ११ बजे प्रकोप नियन्त्रणका सम्ब्ान्धमा आयोजित उच्चस्तरीय बैठकमा प्रधानमन्त्री नेपालले सो निर्देशन दिनुभएको हो । बैठकमा गृहमन्त्री भीम रावल, स्वाश्थ्य मन्त्री उमाकान्त चौधरी, स्वाश्थ्य राज्यमन्त्री खड्गबहादुर बस्याल, गृह मन्त्रालयका सचिव डा. गोबिन्द कुसुम, स्वाश्थ्य मन्त्रालयका निमित्त सचिव डा. दीर्घसिंह वम, प्रहरी महानिरिक्षक रमेश चन्द ठकुरी, नेपाली सेनाका रथी छत्रमानसिंह गुरुङ, सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक किशोर लामा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. केदारनरसिंह के.सी., नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्रवीर मालाकार, नेपाल उद्योग परिसंघका अध्यक्ष बिनोद चौधरी, नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल रेडक्रस सोसाईटी लगायतका संघ-संस्थाका प्रतिनीधिहरु सहभागी हुनुहुन्थ्यो । बैठकमा प्रधानमन्त्री नेपालले मातहतका सबै सरकारी निकायलाई समन्वयात्मक ढंगले अगाडि बढ्न र दुई घण्टाभित्र झाडापखला प्रकोपित क्षेत्रमा औषधि उपचारको व्यबस्था गर्न निर्देशन दिनुभएको थियो । प्रकोपबाट जनताको ज्यान गएकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री नेपालले प्रकोप नियन्त्रणको सन्दर्भमा नेपाली सेना, नेपाल प्रहरी र सश्ास्त्र प्रहरीले प्रसंशनीय भूमिका खेलेको भन्दै बेलैमा औषधि उपचार र राहत सामाग्री पुर्‍याउनसमेत आग्रह गर्नुभएको थियो ।
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्