Madhav Kumar Nepal

नेशनल मेडिकल कलेजको उद्घाटन

वीरगञ्ज,असार २६ । प्रधानमन्त्री माधवकुमार नेपालले नवनिर्मित नेशनल मेडिकल कलेजको आज बिहान उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई प्रधानमन्त्री नेपाल, शिक्षा मन्त्री रामचन्द्र कुशवाहा, श्रम तथा यातायात व्यबस्था मन्त्री मुहम्मद अफताव आलाम र गृहराज्य मन्त्री मुहम्मद रिजवान अन्सारी लगायतले सम्बोधन गर्नुभएको थियो । धर्मपत्नी गायत्रीका साथ यहाँ आइपुग्नु भएका प्रधानमन्त्री नेपाल अपरान्ह ठाकुराम बहुमुखी क्याम्पसद्वारा उहाँका लागि आयोजित अभिनन्दन कार्यक्रममा सरिक हुनुभयो । सो क्याम्पसका पूर्व विद्यार्थी समेत रहनुभएका प्रधानमन्त्री नेपाललाई क्याम्पसले एक भव्य समारोहबीच अभिनन्दन गरेको थियो । त्यसैगरी प्रधानमन्त्री नेपालले यहाँस्थित सुरक्षा अंग र सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन समेत दिनुभयो । त्यस क्रममा प्रधानमन्त्री नेपालले शान्ती-सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्न र प्रसाशनयन्त्रलाई जनमुखी बनाएर ढिलासुस्तीको अन्त्य गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्री नेपाल कार्यकर्ता भेटघाट कार्यक्रममा समेत सरिक हुनुभएको छ ।
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्