Madhav Kumar Nepal

प्रधानमन्त्रीसग राजदूतको विदाई भेट

काठमाडौ, असार २४ गतें । प्रधानमन्त्री माधवकुमार नेपालसग अमेरिकी राजदूत न्यान्सी जे. पावेलले प्रधानमन्त्री कार्यलय सिंहदरवारमा आज अपरान्हृ भेटवार्ता गर्नुभएको छ । कार्यकाल पूरा गरी स्वदेश फर्किनुपूर्व राजदूत पावेलले प्रधानमन्त्री नेपालसग विदाई भेटवार्ता गरेकी हुन् । भेटवार्तामा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहाकार राजन भटराई पनि सहभागी हुनुहुन्थ्यो । भेटवार्तामा राजदूत पावेलले पछिल्लो नेपालको पछिल्लो राजनीतिक अवस्था, जारी शान्ती प्रक्रिया र संविधान निर्माण प्रक्रियाका बारेमा प्रधानमन्त्री नेपालसग कुराकानी गर्नुभएको विदेश मामिला सल्लाहाकार भटराईले जानकारी दिनुभयो ।
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्