Madhav Kumar Nepal

सरकारको नीति तथा कार्यक्रमबारे छलफल

काठमाडौं, असार २३ । प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम तयारीको सिलसिलामा छलफल गर्नुभएको छ । अबरुद्ध संसद सुचारु भए लगत्तै प्रधानमन्त्री नेपाल नीति तथा कार्यक्रमको तयारीमा जुट्नु भएको हो । आजै प्रधानमन्त्री नेपालले बिभिन्न मन्त्रालयका सचिवहरुबाट नीति तथा कार्यक्रमका बिषयमा सुझाव लिनु भएको छ । अपरान्ह सम्पन्न छलफलमा सचिवहरुले बिभिन्न सुझाव दिनु भएको थियो । त्यसैगरी अपरान्हृ सम्पन्न सत्तारुढ २२ राजनीतिक दलको संयुक्त बैठकमा राष्टपति डा. रामवरण यादवले प्रस्तुत गर्नुहुने सरकारको नीति तथा कार्यक्रमका बिषयमा छलफल भएको थियो ।
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्