Madhav Kumar Nepal

प्रधानमन्त्री र अनमिन प्रंमुखबीच भेटवार्ता

काठमाडौं, असार २३ । प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन-अनमिन)की नेपाल प्रमुख करिन ल्याण्डगि्रनले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ल्याण्डगि्रनले प्रधानमन्त्री नेपालसँग बिहान ८ बजेबाट करिब ४० मिनेट कुराकानी गर्नुभएको थियो । त्यस क्रममा प्रधानमन्त्री नेपालसँग ल्याण्डगि्रनले नेपालमा जारी शान्ती प्रक्रिया र पछिल्लो राजनीतिक सहमतिका बिषयमा कुराकानी गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार राजन भट्टराईले जानकारी दिनुभयो । भेटवार्तामा प्रधानमन्त्री नेपालले सकेसम्म ३ महिना र ढिलोमा ६ महिनाभित्र जारी शान्ती प्रक्रियालाई टुंगोमा पुर्‍याउने बताउनुभएको थियो । भट्टराईका अनुसार प्रधानमन्त्री नेपालले शान्ती प्रक्रिया निश्कर्षर्मा पुर्‍याउन सरकारले उच्च प्राथमिकता दिइरहेको जानुकारी दिनुकासाथै दलहरुबीच संसद खुलाउने बिषयमा पछिल्लो सहमति भएपछि राजनीतिक वातबरण सकरात्मक बन्दै गएको र तिक्तता कम हुँदै गएको बताउनुभएको थियो । 'प्रधानमन्त्रीले सरकारले तत्कालै विशेष समिति पुर्नगठन गरेर पूर्णता दिने र माओवादीका लडाकू व्यबस्थापनका लागि सहयोग लिन सरकारद्वारा गठित प्राविधिक समितिले काम अगाडि बढाइरहेको पनि बताउनुभयो ।' परराष्ट्र सल्लाहाकार भट्टराईले भन्नुभयो । आगामी जुलाई २० मा हुने संयुक्त राष्ट्रसंघको सुरक्ष्ाा परिषद बैठकमा ल्याण्डगि्रनले नेपालमा जारी शान्ती प्रक्रियाबारे तयार पार्ने पछिल्लो प्रतिवेदन प्रस्तुत हुँदैछ । सोही क्रममा न्युर्योक प्रस्थान गर्नुपूर्व अनमिन प्रमुख ल्याण्डगि्रनले प्रधानमन्त्री नेपालसँग भेटवार्ता गरेकी हुन् ।
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्