Madhav Kumar Nepal

संसद सुचारु

काठमाडौं, असार २२ । एक महिना बढि अबरुद्ध संसद आजैबाट सुचारु भएको छ । तीन प्रमुख राजनीतिक दलबीच प्रधानमन्त्री कार्यलय सिंहदरवारमा भएको छलफलपछि संसद सुचारु गर्ने लगायतका चार बुँदे सहमति भएको हो । सहमतिअनुसार आजैबाट माओवादीले व्यवस्थापिका संसदको बैठक र बर्षे अधिवेशनका नियमित कार्यहरुलाई सुचारु रुपमा अघि बढाउन सहयोग गर्नेछ । ५.०० बजे सुरु भएको संसदको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल र प्रमुख विपक्षी दल माओवादी अध्यक्ष प्रचण्ड दुवैले सम्वोधन गर्दै हुनुहुन्छ । सहमति पत्रमा एकीकृत नेकपा-माओवादी)का प्रमुख सचेतक पोष्ट बहादुर बोगटी र नेकपा-एमाले)का प्रमुख सचेतक भीम आचार्यले हस्ताक्षर गर्नुभएको छ । छलफलमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रघुजी पन्त, नेकपा-एमाले)का सचिव विष्णु पौडेल, प्रमुख सचेतक भीम आर्चाय, एकीकृत नेकपा-माओवादी)का तर्फबाट प्रमुख सचेतक पोष्टबहादुर बोगटी, पोलिटब्युरो सदस्य देव गुरुङ तथा नेपाली कांग्रेसका तर्फबाट उर्जा मन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. रामशरण महत सहभागी हुनुहुन्थ्यो ।
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्