Madhav Kumar Nepal
सुझाब तथा प्रतिक्रियाहरू

Sweta Sharma लेख्नुहुन्छ:

Isnt it time for the PM media adviser to update the website regularly. There are many Nepali across the globe who view the pages regularly. No update since PM left for Copenhegen
meet. Come on Bishnuji update at the sonnest possible time

modanath timsina लेख्नुहुन्छ:

dear PM ,i know about u little,yu are a serious person to solve the problem of our country.i read in purwanchal campus dharan .i know u visited there 4 years agO. there is lot of problem .so i want to say you as good wiser of cpn uml and as member of anfsu plz address on this collage in

Dipendra लेख्नुहुन्छ:

तपाईंले जीवनमा नेपाल को राम्रो होस भन्ने सोच्नु भाको छ भने plz माओवादी नेता जती सबैलाई गोली ठोकेर नेपालीहरुलाई सुख दिनुहोस् .... अहिले आफ्नो हातमा शक्ती भएको बेलामा माओवादिलाई आफु नेपालको सच्चा देश्प्रेमी भएको पुश्टी गर्नुहोस्.... समय फर्केर आउँदैन र incase माओवादिको हातमा अब power आयो भने कोही बाँकी रहदैनन । नेपाली ले दु:ख पाएको अब हेर्न सकिन्न। for god sake plz kill those bastards ...

Anil Gurung लेख्नुहुन्छ:

प‍धानमन्त्रीज्युले कोपनहेगनमा दिनुभएको भाषण अग‍ेजीमा पनि राख्दा राम‍ो होला

ratna लेख्नुहुन्छ:

Pradhanmantrika naya mantabyaharu kina post nabayeka holan

saroj kaphle लेख्नुहुन्छ:

sir lalsalam,ma cpnuml ko samarthak hu.hajur lemantri karinabegam lai kaarbai garnu paro,tes ghatana le karina ta pagal ho bhani pusti gareko 6 ra hajur ko emandari ko barema pani ? khada garako 6.ki aatma alochana garna lagaunu namane mantri bata hatai dinu.

Heramba Bastola लेख्नुहुन्छ:

p.m. ji
namaskar
this time is very valueable for cunstructiun of constitution. please do not weste time another task like gpening ceremony etc.


Debendra Shah लेख्नुहुन्छ:

PM Madhav G Namaskar,
Tapai Sadhain Janatako Paryo Bannuhaola. Nepali Rajnitima tapaiko bhumika sabaile dekhisakeka chhan tapaile aphulai thulo noksani garera pani shaniti prakriyalai kehi had samma sudharnu bhayao aba ka dinharuma pani tapaile ramro bhumika khelnohola.
Dhanyabad

1 लेख्नुहुन्छ:

देवी सुनार लेख्नुहुन्छ:

प्रधानमन्त्रीलाई खुला पत्र

मंसिर २३ २०६६
सम्माननीय प्रधानमन्त्री
श्री माधवकुमार नेपालज्यू,

मेरो नाम देवी सुनार हो। म तत्कालीन शाही नेपाली सेनाद्धारा पाँच बर्षअघि निमर्मतापूर्वक मारिएकी पन्ध्र बषिर्य बालिका मैना सुनारकी आमा हुँ। मेरी छोरीको हत्याबारे तपाईलाई पक्कै पनि जानकारी छ होला।

मैले यो चिठी प्रेषित गर्नुको कारण के हो भने म अहिलेसम्म पनि न्यायको पर्खाईमा छु। अदालतबाट पक्राउ आदेश जारी भएको महिनौ बित्दा पनि मेरो छोरीको हत्यामा संलग्न अभियुक्तहरु पक्राउ परेका छैनन्। त्यसैले म राज्यको यस्तो उदासिनताको कारण जान्न चाहन्छु। कानूनको शासनमा यहाको पूर्ण प्रतिबद्धता र विश्वास छ भने न्याय हुन्छ भन्नेमा म पूर्ण आशावादी छु। त्यसैले अदालतको आदेश मुताबिक अदालतले पक्राउ आदेश जारी गरेका अभियुक्तहरु महासेनानी बबी खत्री तथा सेनानी निरञ्जन बस्नेत र सहसेनानीद्धय अमित पुन, सुनिल अधिकारी र तुरुन्त पक्राउ गरी कारवाहीको प्रक्रिया अगाडि बढाइदिनु हुन अनुरोध गर्दछु।

यसका अलावा, हालसालै पत्रपत्रिकामार्फत अदालतले पक्रन आदेश गरेका अभियुक्त मध्यका सेनानी निरञ्जन बस्नेतलाई सेनालाई संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा पठाएको भन्ने सुन्दा मर्माहत भएकी छु। मानवअधिकार उल्लंघनका पीडित र तिनका परिवारले न्यायको माग गर्दा घरबाट विस्थापित हुनुपर्ने, घरबार घान्ने प्रमुख व्यक्तिको अभावमा आर्थिक समस्याले ग्रसित बन्ने तथा मृत्युवरणसम्म गर्नुपर्ने तर अभियुक्तहरु भने बढुवा हुदै जाने, देशविदेश शयर गर्ने। त्यति मात्र नभएर अथोपार्जन गर्न सहायक सिद्ध हुने शान्ति सेनामा समेत पुग्ने — यो कस्तो न्याय हो प्रधानमन्त्री महोदय ?

द्वन्द्वकालमा घटेका मानवअधिकार हननका घटनाका भयावहता बारे त यहाँलाई अवगतनै होला। हजारौ मारिए र उस्तै साख्यामा मानिसहरु बेपत्ता पारिए र यातनाका शिकार बनाईए। तर किन एउटै अपराधीलाई पनि कारवाही हुदैन। यहाले गर्नुभएको दण्डहीनता अन्त्यको प्रतिबद्धता कहिले पुरा हुन्छन होला ? नेपालमा जरा गाढेर बसेको दण्डहीनताको अन्त्य गर्न जवाफदेहीताको प्रतिबद्धता जनाएर मात्र हुदैन भन्ने तथ्य त तपाईलाई राम्रोसाग थाहा होला। यसको सही शुरुवात अपराधमा संलग्न एउटै मात्र दोषीलाई कारवाही गरेर गर्न सकिन्छ। त्यसकारण मेरी छोरीका हत्याराहरुलाई पक्राउ गरी सजाय गरेर दण्डहीनताको अन्त्य गर्ने शुरुवात गर्न समेत मेरो विनम्र अनुरोध छ।

वितेका पाँच बर्षमा मेरो छोरीमाथि भएको अन्यायको कथा संसारको कुनाकाप्चामा पुगेको छ भनेर दिनहुँजसो विभिन्न मानवअधिकारवादी संस्थाका प्रतिनिधिहरु र स्वदेशी तथा विदेशी पत्रकारहरुले भन्छन। अझ मानवअधिकारकर्मी साथीहरु मेरो छोरीको मुद्दा प्रतिनिधिमूलक मुद्दा होे भन्छन। तर यसको सही अर्थ के हो मलाई केही थाहा छैन। श्ँँयद अन्यायले पराकाष्टा नाघ्यो भने मुद्दाहरु प्रतिनिधिमूलक हुन्छन होला। विभिन्न राष्टिय तथा अन्तराष्टिय वर्गको निरन्तर दबाबका बाबजूद पनि मुद्दामा संलग्न हत्याराहरुलाई राज्यले आश्चर्यरुपमा बढुवा गर्ने वा अन्य कुराले पुरस्कृत गर्ने कार्य गर्यो भने मुद्दाहरु प्रतिनिधिमूलक बन्छन होला।

प्रधानमन्त्री महोदय,

तपाइलाई शायद थाहा छैन होला मेरो छोरीको हाम्रो संस्कार अनुरुप गर्नु पर्ने अन्तिम संस्कार अहिलेसम्म गर्न पाएकी छैन। यातना दिएर हत्या गरिएकी मेरी छोरीको अस्थिपञ्जर काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्र नजिकैको जंगलबाट संयुक्त, राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय समेतको सहयोगमा उत्खनन गरियो। मेरी छोरीका अस्थिपञ्जर अझै पनि त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा राखिएको छ। उसका हत्याराहरुलाई कारवाही नगरेसम्म मैले छोरीलाई अन्तिम श्रद्धाञ्जली दिन सकिदैन। यसैबीच मेरा श्रीमानको पनि रहस्यमय स्थितिमा लाश फेला पर्यो। चाहे त्यो हत्या होस या आत्महत्या तर मेरा श्रीमानको न्यायको लडाईप्रति वितृष्णा बढेको थियो र बर्षौको संघर्ष पछि पनि न्याय नपाएको पीडामानै वहाँले शरीर त्याग गर्नुभयो।

न्यायको लडाईमा मेरो आशु पुछ्दै मलाई हौसला र साथ दिने मेरा श्रीमान समेतलाई मैले गुमाईसके पछि म पनि कहिलेकाही थकित हुन थालेकी छु। न्यायको लागि अब मैले अझै कति कुर्नु पर्ने हो ? सरकारले मैना सुनारको मुद्दामा के गर्दै छ ? कसरी र कति समयभित्र अभियुक्तहरु पक्राउ हुन्छन ? मलाई आशा छ कि सरकारले सेनानी निरञ्जन बस्नेतलाई नेपाल फिर्ता हुनासाथ पक्राउ गर्नेछ र साथसाथै अन्य पीडकहरुलाई पनि यस्तै कारवाही गर्नेछ।

म तपाईबाट उल्लेखित प्रश्नहरुका उत्तरको व्यग्र प्रतिक्षामा छु।

धन्यवाद
देवी सुनार
काभ्रे

यो पनि हेर्नुस्-
न्यायको खोजिरहेको आत्मा
मैना सुनारको यातना र मृत्युसम्बन्धी प्रतिवेदन

तपाईको पनि कुनै सुझाव वा प्रतिक्रिया भए लेख्नुहोस्:

नाम
ठेगाना
इमेल

संदेश
कोड नम्बर: