Madhav Kumar Nepal
सुझाब तथा प्रतिक्रियाहरू

मिलन बगाले लेख्नुहुन्छ:

"हरुवा कि जितुवा सभासद? " (It was published on Nagarik Daily)

गतबर्षको संविधानसभा चुनावमा जितेर पनि हारेको जितुवा पार्टीको नेताले हारेर पनि जितेको हरुवा पार्टीको नेतालाई हरुवा भन्दै बारम्बार घोचपेच गरिरहेको देखेर मलाई ताजुब लागेको छ। जितुवा कमरेड, हारेको भएर पार्टीको महासचिब पदबाट समेत राजिनामा दिई नेपाली राजनितिमा उच्चस्तरको नैतिकता देखाएका हरुवा कमरेडलाई तपाईले बारम्बार रोइकराई गरेरै संवैधानिक समितिको सभापति तथा सभासद बनाएको होइन?

मधेश आन्दो्लन , जनआन्दोलन र जनयुद्धको शहिद भन्दै दशौ हजार मान्छेलाई शहिदको थरीथरीको विल्ला भिराएर विगतमा गाइजात्रा मच्चाएको माओवादीले यतिबेला संविधानसभामा पनि हरुवा र जितुवा सभासदको लक्षमणरेखा कोरेर राजनितिमा आठौ आश्चर्य देखाएको छ। संविधानसभाको सभासद भइसकेपछि कोही हरुवा र जितुवा सभासद हुन्छ माओवादी महोदय?

संविधानसभाका हरेक ६०१ सभासदलाई प्रधानमन्त्री पदको उम्मेदबार बन्ने हक छ भन्ने हेक्का जितुवा नेतालाई किन फिटिक्कै नभएको ह? हारेको भनेर तपाईले माधव नेपालको टाउको जतिसुकै डामेपनि उहाले तपाईलाई मान्छे मारेको भनेर कहिल्यै आरोप लाउनुभा छैन। बरु सबैलाई खाउला र जिउदै निलुला झै ताउरमाउर गर्दै तपाईले संसदमा गरेको गन्धे सम्बोधन सुन्ने जोकोहिले पनि तपाईलाई पुरापुर हार खाएको मान्छे भन्ठान्छ।

मेरो चुत्थो बिचारमा त न माधव कमरेडले हारेको हो न तपाईले मान्छे मारेको हो। दुरदराजका नेपाली जनतामा राजनितिक चेतनाको राको सल्काउने र भोका नाङ्गा जनतालाई मागेर र हात पसारेर होइन खोसेरै अधिकार लिन सिकाउने तपाईभन्दा राष्ट्रियता र लोकतन्त्रको पक्षमा सतिसालझै ठिङ्ग उभिएर संघर्षको जिवन बिताउने माधव नेपालको शरिरीक कद अलिकति कम भएपनि राजनितिक उचाइ र वेट कति घटिबढि छैन।

मिलन बगाले
क्यामिन―६, बर्लाची तनहुँ
E-mail:milanbagale@yahoo.com

LAXMAN लेख्नुहुन्छ:

स्बार्थ लालसा दिमागबाटै ,हटाउ अब त
अशिक्षा अभाब मोकमारी ,धटाउ अब त

देशको साँच्चै हरी बिजोक छ अहीले साथी
भ्रण्ट धुस खोरीलाई डाढा ,कटाउ अब त

दिन दाहडै लुटिदैछ हाम्रो अस्तित्ब देश
देशको रक्षार्थ नौजबान ,खटाउ अब त

सत्ता कुर्सीमा नै लिप्त हुने हाम्रा नेतालाई
जनता जिउदै आर्य घाट ,पठाउ अब त

देशको सक्दो सेवा गर्छु भो परदेश जान्न
तिम्रै छत्र छायामा मलाई अटाउ अब त

Ramji Balami लेख्नुहुन्छ:

Namaste,rukum ko sutkeri mahila lai thapathali,prasuti greeha ma vetna aauda tapai lai direct vetne absar paya,ra tapai ko sahanuvuti ko swor sunna paya,khusi lagyo,bahiri sahanuvuti jasari byakta garnu vayo vitra pani tyastai cear nai rakhnu hola,Nepali ljanata ka lagi abismaraniya yogdan dinu hola taba history ma famouse banna sakinchha .pm jyau,

rewan rayamajhi लेख्नुहुन्छ:

tapai le durbarmarg prahari pramukh bamdev gautam ra unka dui sathi lai ghus liyeko ma nilamban garidinubho tara karima begam le tyatro thulao kanda machunda tapaile kehi garnu bhayena.hami janta ko aba ke mag cha bhane tapai le karima begam ra durbarmarg prahri pramukh bamdev gautam lai janta kai agadi rakhera janta kai samu karbahi garnuparyo.yo kura mediama pani aai pugna sakcha.tapai ko janta .

GhanShyam Subedi लेख्नुहुन्छ:

Comred lalsalam tik 6 aja ramro gardi janu hamro subhkhamana 6.

PRAVEZ AALAM ANSARI लेख्नुहुन्छ:

Respected primeminister, hamro desh Nepal ko sabai bhanda kharab pachha bhaneko" Banda ra chaka jaam" ho. Tyasai le PLZ yasto kisim ko prabriti ko antya garne prayas garnu hola.malai biswas chha yo karya ko suruwat tapai ko karya kal ma hune chha!
tapai ko janta
PRAVEZ

kbnepali लेख्नुहुन्छ:

pls do something to save nepal.....

rupan लेख्नुहुन्छ:

madhav ji nameste,
straight to the point.
desh ma santi surakchya , danda hinta rokna kunai yaota special task force banaona mildaina??
desh ma APF cha, police cha ra tettikai sakchem army pani cha. yo tintai force bata kei jawan haru lai milayera yaota ykdum nai special task force banaye kaso hola??
ra selected jawan haru lai yekdum ramro sanga human write ra aru kura haru ko training diyera community ma pathayo vane kaso hola??
and pareko bela kummer muni goli hanna milne law banaona mildaina vaneko??
madhav ji yad garnus alpa gynam binasam !!!

PURNA BASNET लेख्नुहुन्छ:

विष्णु जी कोपनहेगनमा प्रमको भेटघाट तालिका भारत भ्रमणमा जस्तो देख्न सकिएन आसा छ चीन भ्रमणमा त्यस्तो हुने छैन।

RADHAKRISHNA DEUJA लेख्नुहुन्छ:

सम्माननीय प्रधानमन्त्रीज्यु
यतिबेला नेपाली राजनीतिको जुन अवस्था छ त्यसले नेपाली जनमानसमा अत्यन्त ठुलो मानसिक तनाब पैदा गरेको छ भने देश बाहिर बसेर पनि देशको सदैब भलो चाहने हरुको मनमा पनि एक किसिमको चिन्ताले घर गरिराखेको छ ,हाम्रो चिन्ता भनेको देश र लोकतन्त्रको भबिस्य के होला भन्नेमा छ,हाम्रो चिन्ता नेपाली जनताले समयमा सबिधान प्राप्त गर्न सक्छन कि सक्दैनन् ?भन्ने छ ,हाम्रो आसले सार्थकता पाउने एउटा आधार छ छ त्यो के भने वर्तमान सरकारको नेत्रित्तो इमान ,नैतिकता र जनताको अधिकारको निम्ति कसै संग कहिले सम्झौता नगर्ने नेताको हातमा छ ,हामी आफ्नो ठाउंमा वर्तमान सरकारको राम्रा कामलाई विभिन्न मध्यम बाट हाम्रा ओरिपरी रहेका सब्बै खाले जनताको बिचमा लाने र यहाँको इमान ,नैतिकता र जनाबदिता माथि उठाइने प्रस्न हरुलाई यहाँले बिगत देखि वर्तमान सम्म गरेका काम हरुको फेहेरिस्ताको आधारमा जवाफ दिने छौं ,जो बुझपचाउछन उनलाई छोडेर नबुझेकालाई बुझाउने छौं ,बुझ्नेले बुझेकै छन् !यहाँलाई येति अनुरोध छ कि यहाँले जनताले शान्ति पुर्बक मतदान गर्न पाउने अवस्था सम्म मुलुकलाई पुर्याउने कामको नेत्रित्तो गरिदिनु पर्दछ जब त्यो दिन आउँछ त्यो दिन यहाँको प्रति जनतामा कस्तो भावना छ भन्ने जनताले देखाईदिनेछन् ,जनताको तल्लो तह सम्म देखेको हुदा मा दावा गर्न सक्छु कि आहिलेको शिर्स भनिएका नेता हरु कोइ पनि यहाँको छेउमा पनि आउन सक्ने छैनन् त्येसका निम्ति संबिधान निर्माण अपरिहार्य छ ,जुन काम गर्न माओबादी र कांग्रेस दुवै इमान्दार छैनन् त्यसैले यहाँले संबिधान निर्माण नहुन्जेल सरकारको नेत्रित्तो गरिराख्नु
पर्दछ ,हामी जस्ता थुप्रै नेपालीलाई थाहछा माधव नेपाललाई पद प्रतिष्ठा भन्दा देश र जनताको माया छ ,तर एस पटक हामी जस्ता जनताको लागि ,नेपालको लागि र लोकतन्त्रको लागि यहाँको निरन्तरता अनिबार्ये छ !

तपाईको पनि कुनै सुझाव वा प्रतिक्रिया भए लेख्नुहोस्:

नाम
ठेगाना
इमेल

संदेश
कोड नम्बर: