Madhav Kumar Nepal
अपडेटहरू

सरकारको नीति तथा कार्यक्रम सार्बजनिक

काठमाडौं, असार २५ । राष्ट्रपति डा. रामवरण यादवले आज अपरान्हृ संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रमको पुरा विवरण हेर्न यहा क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सम्पन्न

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । साथै सचिव बढुवाका लागि मन्त्रिपरिषद्मा पेश भएको छ ।

प्रधानमन्त्रीसग राजदूतको विदाई भेट

काठमाडौ, असार २४ गतें । प्रधानमन्त्री माधवकुमार नेपालसग अमेरिकी राजदूत न्यान्सी जे. पावेलले प्रधानमन्त्री कार्यलय सिंहदरवारमा आज अपरान्हृ भेटवार्ता गर्नुभएको छ ।

राष्टपति र सभामुखसग छलफल

काठमाडौं, असार २३ । प्रधानमन्त्री माधवकुमार नेपालले राष्टपती डा. रामवरण यादव र सभामुख सुवाश नेम्वांगसग सरकारको नीति तथा कार्यक्रमका बिषयमा छलफल गर्नुभएको छ ।

सरकारको नीति तथा कार्यक्रमबारे छलफल

काठमाडौं, असार २३ । प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम तयारीको सिलसिलामा छलफल गर्नुभएको छ । अबरुद्ध संसद सुचारु भए लगत्तै प्रधानमन्त्री नेपाल नीति तथा कार्यक्रमको तयारीमा जुट्नु भएको हो ।

प्रधानमन्त्री र अनमिन प्रंमुखबीच भेटवार्ता

काठमाडौं, असार २३ । प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन-अनमिन)की नेपाल प्रमुख करिन ल्याण्डगि्रनले आज भेटवार्ता गर्नुभएको छ ।

संसद सुचारु

काठमाडौं, असार २२ । एक महिना बढि अबरुद्ध संसद आजैबाट सुचारु भएको छ । तीन प्रमुख राजनीतिक दलबीच प्रधानमन्त्री कार्यलय सिंहदरवारमा भएको छलफलपछि संसद सुचारु गर्ने लगायतका चार बुँदे सहमति भएको हो ।

सरकारमा सहभागी हुन आग्रह

काठमाडौं, असार १८ । प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा-माओवादी)लाई सरकारमा आउन आग्रह गर्नुभएको छ । आदिवासी जनजाती उत्थान छैठौं राष्ट्रिय परिषद संचालकको स्टाफ कलेज जावलाखेलमा उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले सो आग्रह गर्नुभएको हो ।