कार्यकर्ता भेटघाट
काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौंको क्षेत्र नं। २ को मुलपानीमा कार्यकर्ता भेटघाट गर्नुभएको छ । कार्यकर्ता भेटघाटका लागि उहाँ शनिवार विहान पौने ९ बजे मुलपानी पुग्नुभएको थियो ।
मन्त्रीपरिषद बैठक सम्पन्न
काठमाडौं, साउन २८ । मन्त्रीपरिषदको बैठक सम्पन्न भएको छ । बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालको आसन्न भ्रमणका बिषयकासाथै अन्य केही एजेण्डाहरुमा छलफल भएको थियो ।
गण्डकी मेडिकल कलेजको उद्घाटन
काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालले पोखरामा नवनिर्मित गण्डकी मेडिकल कलेजको उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले शान्ती प्रक्रिया र संविधान निर्माणलाई तार्किक निश्कर्षमा पुर्याउने बेला द्वन्द्व बढाउनेगरी आन्दोलन गर्दा प्राप्त उपलब्धि नै गुम्न सक्नेतर्फ माओवादीलाई सचेत गराउनुभयो ।
कामु प्रधानसेनापति नियुक्त
काठमाडौं, साउन २५ । मन्त्रीपरिषदले नेपाली सेनाका बरिष्ठतम रथी छत्रमानसिंह गुरुङलाई कामु प्रधानसेनापतिमा नियुक्त गरेको छ ।
प्रधानमन्त्री-दाहाल भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपाल र प्रमुख विपक्षी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल-प्रचण्डबीच कुराकानी भएको छ ।
चार बुँदे निर्णय
काठमाडौँ । आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा सरकारलाई समर्थन गर्ने २२ राजनीतिक दलको बैठक सम्पन्न भयो ।
माओवादी बाधक
काठमाडौँ । प्रधानमन्त्री माधवकुमार नेपालले सहमतिको राजनीति अघि बढाउनमा माओवादी बाधक भएको बताउनुभएको छ । बुधबार साँझ दैनिक पत्रिकाका सम्पादक र स्तम्भकारहरुसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
खानेपानी सुरुङमार्गको उद्घाटन
काठमाडौं, साउन १९ । प्रधानमन्त्री माधवकुमार नेपालले सुन्दरीजलमा मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग उद्घाटन गर्नुभएको छ ।