Madhav Kumar Nepal
अपडेटहरू

बिभिन्न मुलुकका राष्ट्रपमुख र सरकार प्रमुखसँग भेटवार्ता

काठमाडौं, साउन १ । प्रधानमन्त्री माधवकुमार नेपाल र भारतीय प्रधानमन्त्री मनमोहनसिंहबीच भेटवार्ता भएको छ । दुई मुलुकका सरकार प्रमुखबीच इजिप्टको सार्मएल सेख शहरमा जारी असंलग्न राष्ट्रहरुको १५ औं अन्तराष्ट्रिय शिखर सम्मेलनको क्रममा भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीद्वारा शिखर बैठकलाई सम्बोधन

काठमाडौं, साउन १ । प्रधानमन्त्री माधवकुमार नेपालले असंलग्न राष्ट्रहरुको १५ औं अन्तराष्ट्रिय शिखर सम्मेलनलाई बुधवार सम्बोधन गर्नुभएको छ ।

प्रधानमन्त्री इजिप्ट प्रस्थान

काठमाडौं, असार ३० । प्रधानमन्त्री माधवकुमार नेपाल असंलग्न राष्ट्रहरुको १५ औं अन्तराष्ट्रिय शिखर सम्मेलनमा भाग लिन आज इजिप्ट प्रस्थान गर्नुभएको छ ।

मन्त्रीपरिषबाट बजेट पारित

काठमाडौं, असार २९ । मन्त्रीपरिषदको बैठकले आर्थिक बर्ष २०६६-६७ को बजेट पारित गरेको छ । प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा कार्यलय सिंहदरवारमा बसेको बैठकले बजेट पारित गरेको हो ।

सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं, असार २८ । व्यबस्थापिका-संसद)को बैठकले आउँदो आर्थिक बर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । नीति तथा कार्यक्रममाथि बिभिन्न राजनीतिक दलका सभासदहरुले गर्नुभएको टिप्पणीमाथि प्रधानमन्त्री माधवकुमार नेपालले व्यबस्थापिका-संसद)को बैठकमा जवाफ दिनुभएको थियो ।

प्रकोप नियन्त्रणका लागि निर्देशन

काठमाडौं, असार २८ । प्रधानमन्त्री माधवकुमार नेपालले मध्यपश्चिमको कालिकोट र रुकुम जिल्लामा फैलिएको झाडा पखलाको प्रकोप नियन्त्रणका लागि समन्वयत्माक ढंगले अगाडि बढ्न निर्देशन दिनुभएको छ ।

नेशनल मेडिकल कलेजको उद्घाटन

वीरगञ्ज,असार २६ । प्रधानमन्त्री माधवकुमार नेपालले नवनिर्मित नेशनल मेडिकल कलेजको आज बिहान उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई प्रधानमन्त्री नेपाल, शिक्षा मन्त्री रामचन्द्र कुशवाहा, श्रम तथा यातायात व्यबस्था मन्त्री मुहम्मद अफताव आलाम र गृहराज्य मन्त्री मुहम्मद रिजवान अन्सारी लगायतले सम्बोधन गर्नुभएको थियो ।

सरकारको नीति तथा कार्यक्रम सार्बजनिक

काठमाडौं, असार २५ । राष्ट्रपति डा. रामवरण यादवले आज अपरान्हृ संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रमको पुरा विवरण हेर्न यहा क्लिक गर्नुहोस् ।