Madhav Kumar Nepal
अपडेटहरू

राष्टपति र सभामुखसग छलफल

काठमाडौं, असार २३ । प्रधानमन्त्री माधवकुमार नेपालले राष्टपती डा. रामवरण यादव र सभामुख सुवाश नेम्वांगसग सरकारको नीति तथा कार्यक्रमका बिषयमा छलफल गर्नुभएको छ ।

सरकारको नीति तथा कार्यक्रमबारे छलफल

काठमाडौं, असार २३ । प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम तयारीको सिलसिलामा छलफल गर्नुभएको छ । अबरुद्ध संसद सुचारु भए लगत्तै प्रधानमन्त्री नेपाल नीति तथा कार्यक्रमको तयारीमा जुट्नु भएको हो ।

प्रधानमन्त्री र अनमिन प्रंमुखबीच भेटवार्ता

काठमाडौं, असार २३ । प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन-अनमिन)की नेपाल प्रमुख करिन ल्याण्डगि्रनले आज भेटवार्ता गर्नुभएको छ ।

संसद सुचारु

काठमाडौं, असार २२ । एक महिना बढि अबरुद्ध संसद आजैबाट सुचारु भएको छ । तीन प्रमुख राजनीतिक दलबीच प्रधानमन्त्री कार्यलय सिंहदरवारमा भएको छलफलपछि संसद सुचारु गर्ने लगायतका चार बुँदे सहमति भएको हो ।

सरकारमा सहभागी हुन आग्रह

काठमाडौं, असार १८ । प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा-माओवादी)लाई सरकारमा आउन आग्रह गर्नुभएको छ । आदिवासी जनजाती उत्थान छैठौं राष्ट्रिय परिषद संचालकको स्टाफ कलेज जावलाखेलमा उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले सो आग्रह गर्नुभएको हो ।

संसदको गरिमामा आँच पुगेको छः प्रधानमन्त्री

काठमाडौं, १६ असार । प्रधानमन्त्री माधवकुमार नेपालले अब पनि संसद सुचारु हुन नसके संसदको गरिमामै आँच पुग्नसक्ने बताउनु भएको छ ।

प्रधानमन्त्री-विदेशसचिवबीच भेटवार्ता

काठमाडौं, असार १५ । प्रधानमन्त्री माधवकुमार नेपालसँग पाकिस्तानी विदेश सचिव सलमान वसीरबीच हिजो प्रधानमन्त्री कार्यलय सिंहदरवारमा भेटवार्ता भएको छ ।