Madhav Kumar Nepal
अपडेटहरू

प्रकोप नियन्त्रणका लागि निर्देशन

काठमाडौं, असार २८ । प्रधानमन्त्री माधवकुमार नेपालले मध्यपश्चिमको कालिकोट र रुकुम जिल्लामा फैलिएको झाडा पखलाको प्रकोप नियन्त्रणका लागि समन्वयत्माक ढंगले अगाडि बढ्न निर्देशन दिनुभएको छ ।

नेशनल मेडिकल कलेजको उद्घाटन

वीरगञ्ज,असार २६ । प्रधानमन्त्री माधवकुमार नेपालले नवनिर्मित नेशनल मेडिकल कलेजको आज बिहान उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई प्रधानमन्त्री नेपाल, शिक्षा मन्त्री रामचन्द्र कुशवाहा, श्रम तथा यातायात व्यबस्था मन्त्री मुहम्मद अफताव आलाम र गृहराज्य मन्त्री मुहम्मद रिजवान अन्सारी लगायतले सम्बोधन गर्नुभएको थियो ।

सरकारको नीति तथा कार्यक्रम सार्बजनिक

काठमाडौं, असार २५ । राष्ट्रपति डा. रामवरण यादवले आज अपरान्हृ संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रमको पुरा विवरण हेर्न यहा क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सम्पन्न

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । साथै सचिव बढुवाका लागि मन्त्रिपरिषद्मा पेश भएको छ ।

प्रधानमन्त्रीसग राजदूतको विदाई भेट

काठमाडौ, असार २४ गतें । प्रधानमन्त्री माधवकुमार नेपालसग अमेरिकी राजदूत न्यान्सी जे. पावेलले प्रधानमन्त्री कार्यलय सिंहदरवारमा आज अपरान्हृ भेटवार्ता गर्नुभएको छ ।

राष्टपति र सभामुखसग छलफल

काठमाडौं, असार २३ । प्रधानमन्त्री माधवकुमार नेपालले राष्टपती डा. रामवरण यादव र सभामुख सुवाश नेम्वांगसग सरकारको नीति तथा कार्यक्रमका बिषयमा छलफल गर्नुभएको छ ।

सरकारको नीति तथा कार्यक्रमबारे छलफल

काठमाडौं, असार २३ । प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम तयारीको सिलसिलामा छलफल गर्नुभएको छ । अबरुद्ध संसद सुचारु भए लगत्तै प्रधानमन्त्री नेपाल नीति तथा कार्यक्रमको तयारीमा जुट्नु भएको हो ।

प्रधानमन्त्री र अनमिन प्रंमुखबीच भेटवार्ता

काठमाडौं, असार २३ । प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन-अनमिन)की नेपाल प्रमुख करिन ल्याण्डगि्रनले आज भेटवार्ता गर्नुभएको छ ।