Madhav Kumar Nepal
अपडेटहरू

भारतीय राजदूतद्वारा भेट

५ भाद्र, २०७१, काठमाडौं, पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत रञ्जित रे ले भेट गरी पछिल्लो राजनीतिक अवस्था र नेपाल–भारत सम्बन्धका विषयमा कुराकानी गर्नुभएको छ ।

हार्दिक श्रद्धाञ्जली !

५ भदौ, काठमाडौँ, नेकपा (एमाले) केन्द्रीय कमिटीका सदस्य, अनेरास्ववियुका पूर्व अध्यक्ष तथा सिन्धुपाल्चोक जिल्लाका प्रीय युवा नेता क. अरुण नेपालका ८० वर्षीय बुवा श्री शंकरप्रसाद नेपालको गए राति १ बजे उपचार गर्दागर्दै ललितपुरको बी. एण्ड बी. अस्पतालमा निधन भएको कुराले मलाई अत्यन्तै दुःखित बनाएको छ ।

बाढी निरिक्षण गरी फिर्ता

१ भदौ, काठमाडौं, पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालको नेतृत्वमा सिंचाई मन्त्री एन.पी. साउद, नेपाली काँग्रेसका सचेतक आनन्द प्रसाद ढुङ्गाना र एमाओवादीका सचेतक गिरिराजमणी पोख्रेल समेतको टोलीले मध्य र पूर्वी तराई क्षेत्रका बाढी प्रभावित भागको निरिक्षण तथा उद्धार, राहत, पुनस्र्थापना लगायतका कामको जानकारी लिएर आज राजधानी फर्केको छ ।

माधव नेपाल बाढी प्रभावित क्षेत्रमा

३१ साउन, काठमाडौँ पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपाल सहित पूर्वी र मध्य क्षेत्रको बाढी निरिक्षणको लागि गएको टोली बेलुका विराटनगर पुग्ने लक्ष्य थियो ।

माधव नेपालको ध्यान संविधान निर्माणमा

२३ साउन, काठमाडौं पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल महाधिवेशन सकिए लगत्तै समयमै संविधान निर्माणको लागि दलहरुका बीचमा सहमति निर्माण गर्ने कार्यमा क्रियाशील रहनुभएको छ ।

छिमेकी प्रधानमन्त्रीको भ्रमण नेपालीका लागि खुसीको विषय

१८ साउन, २०७१, काठमाडौं नेकपा (एमाले)का नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भारतका नव निर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले उच्च महत्व दिएर छिमेकी राष्ट्र नेपालको भ्रमण गर्न लाग्नु भएको विषय एउटा छिमेकीको रुपमा सबै नेपालीका लागि अत्यन्तै खुसीको विषय भएको कुरा उल्लेख गर्नु भएको छ ।

महिला हिंसा सामाजिक कलंक

१६ साउन, काठमाडौं, नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले महिला माथि हुने गरेका हिंसा सामाजिक कलंकको रुपमा रहेको बताउनुभएको छ ।

शुभकामना

१२ साउन, २०७१ मुस्लिम समुदायको महत्वपूर्ण धार्मिक एवम् साँस्कृतिक पर्व इद (इदुल फित्र)को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण मुस्लिम समुदायका दाजुभार्ई दिदीबहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।