Madhav Kumar Nepal
अपडेटहरू

खानेपानी सुरुङमार्गको उद्घाटन

काठमाडौं, साउन १९ । प्रधानमन्त्री माधवकुमार नेपालले सुन्दरीजलमा मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग उद्घाटन गर्नुभएको छ ।

फोहोरमैला व्यवस्थापन गर्न छलफल

काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालले काठकाडौंको फोहोरमैला अविलम्ब व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । आइतबार आफ्नै कार्यकक्षमा सम्बद्ध निकायका अधिकारीहरुलाई बोलाएर उहाँले सो निर्देशन दिनुभएको हो ।

अविश्वास हट्नुपर्नेमा जोड

काठमाडौं, साउन १५ । प्रधानमन्त्री माधवकुमार नेपालले अन्तराष्ट्रिय सम्वन्ध तथा मानवअधिकार समितिको बैठकलाई सम्वोधन गर्नुभएको छ ।

नयाँ मन्त्रीलाई शपथ

काठमाडौं, साउन १४ । प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा-संयुक्त)बाट मन्त्री हुनुभएका ठाकुर शर्मालाई शपथग्रहण गराउनुभएको छ ।

संसदीय दलको बैठकमा सम्वोधन

काठमाडौं, साउन १४ । प्रधानमन्त्री माधवकुमार नेपाल नेकपा-एमाले)को संसदीय दलको बैठकमा सहभागी हुनुभएको छ । बिहान संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री नेपालले सभासदहरुले राख्नुभएको जिज्ञाशाको सम्वोधन गर्नुभएको थियो ।

विदेशसचिव र राजदूतसँग भेटघाट

काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालसँग आज श्रीलंकाका विदेशसचिव पालिथा टीबी कोहना र नेपालका लागि मलेसियाका राजदूत दातो इलानकोभान कोलाण्डा भेलुले भेटवार्ता गर्नुभएको छ ।

वेलायती अभिनेत्री लुम्लेलाई धन्यवाद

काठमाडौं, साउन १२ । प्रधानमन्त्री माधवकुमार नेपालले वेलायती अभिनेत्री जोहान लुम्लेलाई विशेष धन्यवाद दिनुभएको छ । वेलायतमा कार्यरत पूर्व बि्रटिस गोर्खा सैनिकहरुले बिभिन्न सुविधाको मागराखी लामो समयदेखि गर्दै आएको आन्दोलनलाई सफलतामा टुंग्याउन महत्वपूर्ण भूमिका निर्वाहा गरेवापत प्रधानमन्त्रीले लुम्लेलाई बिशेष धन्यवाद दिनुभएको हो ।

जनचेतना जगाउन सहयोगको आग्रह

जनचेतना जगाउन सहयोगको आग्रह काठमाडौं, साउन १२ । प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रमा फैलिएको माहामारी नियन्त्रणको प्रयास गरिरहेको बताउनु भएको छ ।