Madhav Kumar Nepal
अपडेटहरू

शुभकामना !

        मितिः ७ कार्तिक, २०७१  हिन्दु परम्परा अनुसार मनाइने एक महत्वपूर्ण चाड दीपावलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

श्रद्धाञ्जली तथा समवेदना !

मितिः २१ असोज, २०७१ डोटी जिल्लाको छतिवन गा.वि.स.मा गत सोमवार भएको बस दुर्घटना र त्यसमा भएको मानवीय क्षतिको खवरले मलाई अत्यन्तै दुःखित बनाएको छ ।

शुभकामना !

 मितिः १६ असोज, २०७१  नेपालीहरुको महान चाड विजया दशमीको शुभ–अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण जनसमुदायहरुमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

भारतीय राजदूत तथा विदेश मन्त्रालयका नेपाल डेस्क प्रमुखद्वारा भेट

७ असोज, काठमाडौं, नेपालका लागि भारतीय राजदूत रञ्जित रे तथा भारतीय विदेश मन्त्रालयका नेपाल डेस्क प्रमुख अभय ठाकुरले नेकपा (एमाले)का नेता, पूर्व प्रधानमन्त्री तथा संविधानसभा सदस्य माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ ।

नीजि भ्रमण स्वरुप ल्हासा प्रस्थान

९ भदौ, काठमाडौँ, पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपाल नीजि एवम् पारिवारिक भ्रमणको शीलसिलामा अहिले विहान १०:३० बजेको चाइना एअरको विमानबाट तिब्बतको ल्हासातर्फ प्रस्थान गर्नुभएको छ ।

भारतीय राजदूतद्वारा भेट

५ भाद्र, २०७१, काठमाडौं, पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत रञ्जित रे ले भेट गरी पछिल्लो राजनीतिक अवस्था र नेपाल–भारत सम्बन्धका विषयमा कुराकानी गर्नुभएको छ ।

हार्दिक श्रद्धाञ्जली !

५ भदौ, काठमाडौँ, नेकपा (एमाले) केन्द्रीय कमिटीका सदस्य, अनेरास्ववियुका पूर्व अध्यक्ष तथा सिन्धुपाल्चोक जिल्लाका प्रीय युवा नेता क. अरुण नेपालका ८० वर्षीय बुवा श्री शंकरप्रसाद नेपालको गए राति १ बजे उपचार गर्दागर्दै ललितपुरको बी. एण्ड बी. अस्पतालमा निधन भएको कुराले मलाई अत्यन्तै दुःखित बनाएको छ ।

बाढी निरिक्षण गरी फिर्ता

१ भदौ, काठमाडौं, पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालको नेतृत्वमा सिंचाई मन्त्री एन.पी. साउद, नेपाली काँग्रेसका सचेतक आनन्द प्रसाद ढुङ्गाना र एमाओवादीका सचेतक गिरिराजमणी पोख्रेल समेतको टोलीले मध्य र पूर्वी तराई क्षेत्रका बाढी प्रभावित भागको निरिक्षण तथा उद्धार, राहत, पुनस्र्थापना लगायतका कामको जानकारी लिएर आज राजधानी फर्केको छ ।