Madhav Kumar Nepal
अपडेटहरू

पुर्व प्रधानमन्त्री नेपालद्वारा रौतहटमा शीतलहर पीडित जनतालाई कम्बल वितरण

१४ पुस, रौतहट । पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले रौतहटमा शीतलहर पीडित जनतालाई कम्बल सहित न्यानो कपडा वितरण गर्नुभएको छ ।

सक्षम महिलालाई अघि बढाउनुपर्छ: नेता नेपाल

१० पुस, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले समाजका सक्षम महिलालाई अघि बढाउनुपर्ने बताएका छन् ।

'वामपन्थीलाई मत दिँदा पुर्पुरोमा हात लाउनु पर्दैन'

१२ मंसिर, काठमाडौं । नेकपा एमालेका बरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थीलाई मत दिँदा पुर्पुरोमा हात लाउनु नपर्ने बताएका छन् ।

अब आर्थिक क्रान्तिको खाँचो छ: नेपाल

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक क्रान्तिको खाँचो रहेको बताएका छन् ।

माओवादी केन्द्रको कार्यक्रममा माधब नेपाल प्रमुख अतिथि

काठमाडौं, २२ कात्तिक । दुई ठूला वामपन्थी दल एमाले र माओवादी केन्द्रले चुनावी तालमेलसागै पार्टी एकताको आधार तयार गर्न एउटा पार्टीले आयोजना गरेको कार्यक्रममा अर्को पार्टीका नेतालाई प्रमुख अतिथि बनाउने अभ्यास अघि बढाएका छन् ।

सपथग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी

कार्तिक ५, २०७३, विराटनगर,  पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधव कुमार नेपाल सुनसरीको इटहरीमा आयोजना हुने परिक्षणकालीन पार्टी सदस्यहरुको सपथग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन आज विहान १०ः०० बजे बुद्ध एअरको उडान नं. ७०५ बाट विराटनगर प्रस्थान गर्नुभयो ।

भारतीय राजदूत रणजीत रायद्वारा भेट

२४ भाद्र, २०७३, नेपालका लागि भारतीय राजदूत रणजीय रायले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ ।

खण्डन !

 खण्डन ! आज प्रकाशित एक साप्ताहिकको समाचारमा कुनै पार्टी नेताको भनाइ उदृत गर्दै प्रकाशित समाचारप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।