Madhav Kumar Nepal
अपडेटहरू

पूर्व प्रधानमन्त्री नेपालद्वारा साँखु फड्केश्वर मार्गको शिलान्यास

२३ असोज, काठमाडौं। मनमोहन मार्ग अन्तर्गत साँखु–फड्केश्वर–बाहुनेपाटी सडकको स्तरोन्नती सुरुवात भएको छ । बिहीबार पूर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधब कुमार नेपालले निर्माण शुभारम्भ गर्नुभएको हो ।

संविधान दिवस तथा राष्ट्रिय दिवसको शुभकामना

३ असोज २०७७ शुभकामना सार्वभौम संविधानसभावाट जारी भएको नेपालको संविधानले आजबाट पाँच बर्ष पुरा गर्दैछ । जनप्रतिनिधिहरूबाट तर्जुमा भएको संविधानबाट शासित हुने जनताको सात दशक लामो चाहना यहि संविधान मार्फत पूरा भएको हो ।

गौरा पर्वको अवसर शुभकामना

     १० भदौ २०७७   शुभकामना     सुदूरपश्चिम प्रदेशमा विशेष महत्वका साथ मनाइने गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

गौरा पर्वको अवसरमा शुभकामना !

  १० भदौ २०७७ शुभकामना   सुदूरपश्चिम प्रदेशमा विशेष महत्वका साथ मनाइने गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

इद-उल-अजाह (बकर इद) को अवसरमा हार्दिक शुभकामना

 १६ साउन २०७७ हार्दिक शुभकामना । इस्लाम धर्मावलम्वीहरुको महान पर्व इद-उल-अजाह (बकर इद) को अवसरमा इस्लाम धर्मावलम्वीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

कोही चोइटिएर जालान् तर कम्युनिस्ट पार्टी फुट्दैन : माधव नेपाल

९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँगै आन्दोलनलाई समाप्त पार्ने मुर्खता नगर्न नेताहरुलाई चेतावनी दिनुभएको छ ।

पार्टी भित्रको विवाद आत्तिनु पर्ने अवस्थामा छैन : नेता नेपाल

८ साउन, काठमाडौँ । नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्रको वाद–विवादबाट आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउनुभएको छ ।

कमरेड पुष्पलालको ४२ औँ स्मृति दिवसका अवसरमा जारी प्रेस वक्तव्य

 ७ साउन, २०७७ प्रेस वक्तव्य नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, नेपाली जनताको मुक्तिका लागि आजीवन समर्पित, सामन्तवाद तथा निरंकुशताका विरुद्धको संयुक्त जनआन्दोलनका प्रणेता कमरेड पुष्पलालको ४२ औँ स्मृति दिवसका अवसरमा उहाँलाई सम्मानपूर्वक स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।