Madhav Kumar Nepal
अपडेटहरू

सपथग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी

कार्तिक ५, २०७३, विराटनगर,  पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधव कुमार नेपाल सुनसरीको इटहरीमा आयोजना हुने परिक्षणकालीन पार्टी सदस्यहरुको सपथग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन आज विहान १०ः०० बजे बुद्ध एअरको उडान नं. ७०५ बाट विराटनगर प्रस्थान गर्नुभयो ।

भारतीय राजदूत रणजीत रायद्वारा भेट

२४ भाद्र, २०७३, नेपालका लागि भारतीय राजदूत रणजीय रायले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ ।

खण्डन !

 खण्डन ! आज प्रकाशित एक साप्ताहिकको समाचारमा कुनै पार्टी नेताको भनाइ उदृत गर्दै प्रकाशित समाचारप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

पूर्व प्रधानमन्त्री नेपालसँग किरिवाटी गणतन्त्रका पूर्व राष्ट्रपतिद्वारा भेट

 मितिः १३ साउन, २०७३   पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग किरीबाटी गणतन्त्रका पूर्व राष्ट्रपति एनोट टङ्गले भेटवार्ता गर्नुभएको छ ।

शुभकामना !

 २०७३ असार २२ गते  शुभकामना ! मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इद उल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजु–भाई तथा दिदी– बहिनीहरुलाई हार्दिक शुभकामना सहित यहाँहरुको सुख, शान्ति एवम् सम्बृद्धिको कामना गर्दछुु ।

प्रेस नोट

 मितिः २०७३ असार २२ गते  प्रेस नोट पूर्वप्रधानमन्त्री, नेकपा (एमाले)का वरिष्ठ नेता तथा वैदेशिक मामिला विभागका प्रमुख मा. माधवकुमार नेपाल भियतनाममा आयोजित कम्युनिष्ट तथा वर्कर्स पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनको वर्किङ्ग कमिटीको बैठकमा भाग लिई आज थाइ एअरवेजको उडान नं टीजी ३१९ बाट बैंकक हुँदै स्वदेश फर्किनुभएको छ ।

कम्युनिष्ट तथा वर्कर्स पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनको वर्किङ्ग कमिटीको बैठक

२०७३ असार १४ गते  पूर्वप्रधानमन्त्री, नेकपा (एमाले)का वरिष्ठ नेता तथा वैदेशिक मामिला विभागका प्रमुख मा. माधवकुमार नेपाल भियतनाममा आयोजना हुने कम्युनिष्ट तथा वर्कर्स पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनको वर्किङ्ग कमिटीको बैठकमा भाग लिन जाने क्रममा आज दिउँसो थाइ एअरवेजको उडान नं टीजी ३२० बाट बैंकक प्रस्थान गर्नुभएको छ ।

विदेशी पाहुनाहरु सँग भेटघाट

 २०७२ फाल्गुण २१, काठमाडौँ  नेपाली काँग्रेसको महाधिवेशनका सन्दर्भमा नेपाल आउनु भएका विदेशी पाहुनाहरु (जो सँग नेकपा (एमाले)को भाइचारा तथा माधव नेपालको आफ्नै सम्बन्ध छ) को सम्मानमा पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) विदेश मामिला विभाग प्रमुख मा. माधव कुमार नेपालले विभागको तर्फबाट हिजो र आज क्रमशः प्रि लञ्च एवम् ब्रेकफास्ट मिटिङ्गको आयोजना गर्नुभयो ।